Monday, July 20, 2015

सधैँ खुसी रहन वैज्ञानिकले सुझाएका ६ मन्त्र

खुसी के हो भन्ने विषयमा छलफल गर्ने हो भने, यसको टुङ्गो सायद कहिले लाग्दैन । खुसी एक महसुस गर्ने विषय हो । तर के, खुसी हुनका लागि हामीले केहि नियम पालना गर्नुपर्छ ?हो, खुसी रहन केहि नियम पालना गर्नुपर्छ र वैज्ञानिकहरुले सधैँ खुसी रहने तरिका पत्ता लगाएका छन् ।
१. तपाईंले जे सोच्नुहुन्छ त्यहि व्यवहारमा उत्रने गर्दछः
सकारात्मक सोचले तपाईंको व्यवहारमा पनि प्रभाव पार्ने गर्दछ । विशेषज्ञ सन एक्हरले मानिसको व्यवहारमा वातावरणले १० प्रतिशत मात्र प्रभाव पार्ने गर्दछ । बाँकी ९० प्रतिशत तपाईंले कस्तो प्रतिक्रिया दिनुहुन्छ, त्यसमा भर पर्छ । यदि तपाईंले सहि निर्णय लिनुभयो भने, नतिजा सधैँ सकारात्मक नै हुने गर्दछ । सहि निर्णय लिनका लागि तपाईंको सोच्ने तरिका पनि सकारात्मक हुन जरुरी छ । आफ्नो खुसी आफ्नो दिमागमार्फत आफैँ निर्माण गर्नुहोस् । नकारात्मक सोचले तपाईंलाई भित्री रुपमा ध्वस्त पार्नुका साथै तपाईंको बाहिरी दुनियाँलाई पनि प्रभाव पार्ने गर्दछ । रचनात्मक सोचले तपाईंको उत्पादकत्व र उर्जालाई ३० प्रतिशतले वृद्धि गर्ने गर्दछ । आफ्नो दिमागको शक्तिलाई प्रयोग गर्नुहोस् ।
२. नकारात्मक सोचलाई फ्याँकिदिनुहोस्ः
सबै मानिसहरु भिन्न हुन्छन् र उनीहरुको सोच्ने शैली पनि उस्तै । हामीमध्ये धेरैले हाम्रो दिमागमा नकारात्मक सोचाईलाई हाबी हुन दिन्छौँ । यसले तपाईंको वास्तविक जीवनमा समस्या ल्याइदिने गर्दछ । आफ्नो दिमागलाई नकारात्मक सोचबाट मुक्त गर्ने थुप्रै तरिकामध्ये स्पेनको युनिभर्सिटीमा विकास गरिएको एउटा तरिका निकै लोकप्रिय छ । उनीहरुका अनुसार आफ्ना सबै नकारात्मक सोचाईहरु एउटा पानामा लेखेर कि त त्यो कागजको टुक्रालाई जलाइदिने वा च्यात्ने गरेमा यसले तपाईंमा भएको नकारात्मक सोचाई कम गर्ने गर्दछ ।
३. सकारात्मक कुराहरुको नोट बनाउनेः
आफ्नो जीवनमा जे जति पाइरहनु भएको छ त्यसमा खुसी हुन सिक्नुहोस् । सबैको जीवनमा केहि न केहि राम्रो पक्ष पक्कै हुने गर्दछ । आफूलाई खुसी बनाउने कुराहरुमा मात्र ध्यान दिनुहोस् । आफ्नो जीवनमा पाएको र हाँसिल गरेको सकारात्मक कुराहरुको नोट बनाउनुहोस् । एउटा कुरा साँचो हो कि हाम्रो दिमागले नकारात्मक सोचाइलाई चाँडै बिर्सन सक्दैन यद्यपी अनुसन्धानकर्ताहरुले नकारात्मक सोचाईभन्दा सकारात्मक कुरामा बढि ध्यान दिने गर्नाले यसलाई चाँडै नै बिर्सन सकिने बताएका छन् ।
४. दिमागलाई फ्रेस बनाउने तरिका अपनाउनुः
हार्भाड युनिभर्सिटीमका अनुसन्धानकर्ता म्याट किलिङ्सवर्थले खुसी रहनका लागि आफ्नो जीवनको प्रत्येक मिनेटलाई याद गर्नुपर्ने बताउँछन् । आफू खुसी हुँदाको क्षणलाई कहिले पनि बिर्सन नहुने उनी बताउँछन् । यदि हामीले हाम्रो दिमागलाई फ्रेस बनाउँछौँ, हाम्रो खुसी पनि त्यति नै बढ्ने गर्दछ । विगतका दिनमा गरेका रमाइला घटनाहरुलाई सधैँ दिमागमा ताजा राखिरहनु पर्ने बताउँदै म्याटले बिगतका काला दिनहरुलाई बिस्तारै बिर्सदैँ लैजानु पर्ने बताउँछन् ।
५. अरुलाई सहयोग गर्नुहोस्ः
आफ्नो जीवनको केहि समय अरुको लागि पनि छुट्याउनुहोस् । हामी धेरैजसो अवस्थामा स्वार्थी हुने गर्दछौँ । हुन त हामीले आफ्नो आवश्यकता र इच्छाको बारेमा सोच्नु पर्छ । दोस्रो व्यक्तिलाई तपाईंको आवश्यकता भएको थाहा पाउँदा तपाईंलाई साँच्चैको खुसी लाग्छ । आफ्नो केहि समय र पैसा अरुलाई सहयोग गर्नका लागि खर्च गर्नुहोस् । अरुलाई सहयोग गर्दा तपाईलाई एउटा सकारात्मक उर्जा प्राप्त हुने गर्दछ जसले तपाईंलाई अन्ततः खुसी हुन मद्दत गर्दछ ।
६. उज्वल भविष्यको आशा गर्नुहोस्ः
आफ्नो जीवनबाट के कुराको आशा गर्नुहुन्छ त्यसलाई सोच्नुहोस् र ध्यानमा राख्नुहोस् । यथार्थपरक हुनुहोस् र सपना देख्न नहिच्किचाउनुहोस् । आफ्नो जीवन आउने ५ वा १० वर्षम कस्तो होला भनेर कल्पना गर्नुहोस् । यसले तपाईंलाई तपाईंको जीवनको महत्वपूर्ण भाग के हो भन्ने सिकाउँछ र यसमा नै ध्यान केन्द्रित गर्न सिकाउँछ । आफ्ना प्राथमिकताहरुलाई आफै व्याख्या गर्नुहोस् र सपनालाई साकार बनाउन तल्लिन हुनुहोस् ।
साभार: रातोपाटी 

Tuesday, July 14, 2015

जाउँ दुधपोखरी (फोटो ब्लग)

            जाउँ दुधपोखरी (फोटो ब्लग)
image
दुधपोखरी
छिटै जनै पुर्णिमा आउन लागेको छ। त्यस दिन नेपालमा गोसाइँकुण्ड, दुधपोखरी लगायतका धेरै ठाउँमा मेला लाग्छ। नेपालका धेरै स्थान दुधपोखरी नामले चिनिन्छिन्। ती मध्य माथीको फोटोमा देखिएको दुधपोखरी कास्की, लमजुङ र मनाङ जिल्लाको सिमानामा अवस्थित हिमताल हो। दुरी यकिन गर्न नसके पनि यो ठाउँ पुग्न कास्कीबाट चार दिन लगातार हिँड्न पर्छ, लमजुङको भुजुङ् गाउँ हुँदै आउने भने दुई दिनमा पुगिन्छ भन्ने सुनियो। मनाङबाट पनि बाटो रहेछ तर कति समय लाग्छ भन्ने जानकारी पाउन सकिएन। कास्कीबाट तीनवटा बाटो छन, पहिलो सिक्लेस हुँदै, दोस्रो ताङ्तिङ् हुँदै, तेस्रो थुम्सिकोट हुँदै। हामी सिक्लेसको बाटो हुँदै गएका थियौँ। पहिलो बास सिक्लेस पछि दोस्रो दिनदेखि मानव बस्ती भेटिँदैनन्। त्यसैले आफ्नो बन्दोबस्तीका सामान आफैं बोकेर लैजानु पर्छ। यदि जाने प्लान बनाउनु भएको भए स्लिपिङ् ब्याग, ओछ्याउने म्याट, न्याना कपडा, मोजा, जुत्ता, चप्पल, अन्न, दाल, गुन्द्रुक, सुकुटि, नुन, चिनी, तेल, मसला, अचार, पकाउने र खाना खाने भाँडा, पानी बोक्ने भाँडा, हल्का तर अत्याधिक पौष्टिक पद्धार्थ भएका खानेकुरा (जस्तै सातु, मह, चकलेट, ओटमिल, चिउरा, चाउचाउ, दालमोठ), पिउने बानी भए दारु (धेरै जाडो हुन्छ त्यसैले), टर्चलाइट, चक्कु, लठ्ठी, चियापत्ती, आवश्यक औसधी, अतिरिक्त मोबाइल ब्याट्री, एउटा नोकिया ११०० फोन र एनटिसी र एनसेलको एक एक वटा ब्यालेन्स भएका सिमकार्ड, छाता, रेनकोट, केही थप प्लास्टिकका टाट, एउटा पाल जसरी पनि लैजान भुल्नु हुँदैन। सकभर अनावश्यक सामान नलैजानु होला। >more<

यदि भारी बोक्न सकिन्न भने पोखरामा दैनिक एक हजार – पन्ध्र सय ज्यालामा भरिया पाउन सकिन्छ, दुई जनासम्मको बन्दोबस्तीका सामान एकजनाले बोक्न सक्छन्। गरिब भएपनि उनीहरु पनि मान्छे नै हुन, पैसा तिरेको छु भन्दैमा अनावश्यक भारी नबोकाइदिनु होला, खानेकुरा किन्दा उनीहरुको लागि पनि किन्नु होला। हामी जाँदा तिर्थयात्री हरुले भरिया हरुलाई गरेको ज्यादती देख्दा यीनीहरु पाप धुन जाँदैछन् कि थप पाप बटुल्न जाँदैछन् जस्तो सोचाइ आएको थियो, त्यसैले पहिल्यै भन्देको। सकभर दुधपोखरी पहिले पनि गएका भरिया लैजानुहोला।
image
भरिया हरु आफूभन्दा गर्हौँ भारी बोकेर यस्तो बाटोमा पनि कत्ति सजिलै हिड्छन।
प्रथमत: दुधपोखरी जाने प्लान बनाउनु अघि निश्चित गर्नुहोस कि तपाईँ लगातार ८-९ दिनको बाटो गर्हौँ झोला बोकेर हिँड्न सक्नुहुन्छ कि हुँदैन? ठिक्क ले हिँड्दा जाँदा ४ दिन, आउँदा ४ दिन, १ दिन थप। यदि हिँड्ने बानी छैन भने तपाईंलाई यो यात्रा एकदमै कष्टकर हुनेछ। त्यसमाथि थकान र कमजोरीले कसैकसैको खुट्टा फर्कने, बाउँडिने समस्या हुन्छ, कतिपय त हिँड्नै नसक्ने अवस्थामा पुग्छन्। त्यस्तो अवस्थामा न अघि जानु न फर्कनु हुन्छ, तपाईँले गर्दा तपाईसँग गएका साथी हरुलाई अप्ठेरो पर्नसक्छ। यो क्षेत्रमा फोन मुस्किलले लाग्छ कतै कतै, फोन गरेर राहत मगाएर फर्किन्छु भन्ने नचिताए पनि हुन्छ। त्यसैले आफु शारीरिक रुपमा सक्षम छैन जस्तो लाग्छ भने यति लामो पदयात्रा नगरेको नै राम्रो।

image
सिक्लेस
सबैभन्दा रमाइलो समुह बनाएर जाँदा हुन्छ, मन मिल्ने साथीहरू सँग जाँदा यात्रामा समय बितेको थाहै हुँदैन, थकान पनि त्यति महशुस हुँदैन। तर यो रुटमा साथीहरुको सामुन्ने हिरो बन्छु भन्दै बाटै नचिनी अगाडि अगाडि जेपिटी बाटो नहिड्नु होला। बर्षमा एकपटक मात्रै हिँडिने बाटो भएकाले घाँसले बाटो पुरिएर नदेखिने भएका हुन्छन्, त्यस्तो अवस्थामा एक्याप ले गाडेका पहेँलो रङ्गका पोल हरु हेर्दै अघि बढ्न सकिन्छ, बाटो चिनेको भरिया लैजानु भएको भए धेरै सजिलो हुन्छ, नत्र अरु तिर्थयात्री हरु पनि हिँडीरहेका हुन्छन्, उनैको साथ लाग्नु  हुन्छ।


एक्यापले पदयात्री नहराउन भनेर ठाउँ ठाउँमा साना पोल गाडिदिएका छन, एउटा पोलमा पुगेपछि अर्को पोल देखिन्छ, पहिलोपटक जानेहरु तीनै पोल हेर्दै बाटो पहिल्याउँदै जाने हो। समाजसेवीहरुले एकदिनको बाटोको दुरीमा पाटिहरु पनि बनाइदिएका छन, धेरैजसो पाटि खानेपानीको सुविधा भएको ठाउँमा अवस्थित छन, र केहीमा शौचालयको पनि ब्यवस्था छ। कतै दाउराको पनि ब्यबस्था हुन्छ तर ढुक्क भएर जानुभन्दा आफैसँग एउटा सानो ग्यास या मट्टितेल स्टोभ लैजानु ठिक हुन्छ। एउटा अचम्मलाग्दो कुरा के देखें भन्दा जति उचाइमा गयो उति खाना पाक्न समय लाग्दो रहेछ। हामी जाँदा चिया पाक्न लगभग एक घण्टा लागेको थियो। भात पकायो, तल तल पाक्छ माथिको काँचै रहन्छ, त्यसैले त्यस्तो समयमा भातको साटो अन्य केही खान बेस हुन्छ। भोलीपल्ट पाटि छोड्नु अघि पाटि सफा गरेर, आफुले फ्याँकेका फोहर हरु जलाएर मात्र हिड्नु होला।
image
पाटि

यस्ता उचाइमा जाँदा सबैभन्दा ठुलो ब्यवधान भनेको लेक लाग्नु हो। श्वासप्रश्वासमा समस्या आउनु, मुटुको धड्कन बढ्नु, बान्ता आउनु, जरो आउनु लेक लाग्दा का लक्षण हुन। त्यसैले धेरै आत्तिएर नहिड्नु होला, धेरै सुस्त पनि नहिड्नु होला, बिस्तारै एउटै गतिमा हिँडिरहनु होला, बिश्राम थोरै मात्र लिनुहोला, सकभर उभिएरै बिसाउनुस, थुचुक्कै चाहिँ नबस्नु होला। नत्र बसेको बसेइ भइएला फेरी। क्याण्डी, ल्वाङ्, सुकमेल, लसुन, अदुवाको टुक्रा गोजीमा राखिराख्नु होला, हिँड्दा केहि न केही मुखमा च्यापिराख्नु होला। आमालाई तीलको अचार बनाइदिनु भन्नु होला। यसले लेक लाग्न कम गर्छ। सकभर धुम्रपान नगरेको राम्रो, गरे पनि एकदमै न्युन मात्रामा गर्नुहोला। लेक लागेको फिल भए थप उचाइमा नजानु होला। एकछिन बिसाएर कोशिश गर्नुहोला, सक्दिन झैँ लाग्यो भने फर्किएको राम्रो। तर फर्किने अवस्था आउने छैन भन्ने मलाई लाग्छ किनभने बाटोमा बिभिन्न उमेर, किसिमका तिर्थयात्री भेटिनेछन। बृद्ध बृद्धाहरु टुँइ टुँइ हिँडेको देखेपछि तपाईको आत्मबल त्यसै बढेर जानेछ।
image
बाटो पुरै उकालै उकालो हो, समतल बाटो को त अपेक्षा नगरे पनि हुन्छ। उकालो पनि नाक ठोकिने ठाडो उकालो। फर्किँदा चाहिँ ओरालै ओरालो। दोस्रो दिन हिँड्न एकदमै मुस्किल हुनेछ, पहिलो दिन एक्साइटमेन्टले हिँडिएला, त्यसको प्रतिफल भोलीपल्ट नै देखिन्छ। बेकारमा आएछु जस्तो हुन्छ। उच्च पहाडी भेकका जंगल कट्न गार्हो हो त्यसपछिको माहौल फेरी अर्कै हुन्छ। एक त हिड्ने बानी पर्न थाल्छ, अर्को मुखै अगाडी हिमाल र सुन्दर दृश्य देख्न थालेपछि थकान सकान चट् हुन्छ।
image
image
image
तेस्रो दिनदेखि जंगल सकिन्छन, ससाना बुट्यान मात्रै हुन्छन्, पर पर सम्म हरिया डाँडा, डाँडामा भेडा चरेका, जता हेर्यो उता जंगली फुलै फुल मात्रै, अनि टिलिक्क टल्केका हिमाल देखेपछि तपाईंलाइ एकपटक त स्विजरल्याण्ड पुगेछु कि झैँ लाग्नेछ। यदाकदा भेडीगोठ हरु देखिन्छन्, भेडीगोठालाहरु गोठबाट बटुवालाइ जिस्काउँछन। उनीहरू यो सिजनमा त्यता उक्लिँदा रहेछन्, उनीहरूको अनुसार जंगली फुल जेठ असार देखी फुल्न शुरु गरेर भदौ असोज सम्म रहँदा रहेछन्, त्यसपछि त्यो पुरै भेक हिउँले ढाकिने रहेछ। भदौ अन्तिम – असोज शुरुका हप्तामा सबैभन्दा बढी फुल फुल्ने र ती फुलका बिषालु बासनाले मान्छे, भेडाको लठ्ठीएर ज्यान समेत जाने हुँदा उनीहरु पनि भेडा लिएर भदौ दोस्रो हप्तातिर बेसी झर्दा रहेछन्। त्यो क्षेत्रमा दुधपोखरी मेला भर्न जाने तीर्थालु र एक दुई भेडिगोठाला बाहेक अन्य मानवीय चहलपहल शून्य रहेछ। कहिले जनै पुर्णिमा ढिलो पर्यो भने फूलका बासनाले तिर्थालुहरु बाटैमा ढल्दा रहेछन्। त्यसैले तपाईँ हरुपनि राम्रा फुल देखेर, छुने टिप्ने या बासना सुँघ्ने काम नगर्नु होला। सकभर मास्क लगाउनुस। टाढैबाट हेर्न, फोटो खिच्न केही नहोला।
image
image
image
image
image

साभार  https://beingnrb.wordpress.com



Sunday, May 3, 2015

काठमाण्डु, २० वैशाख– नेपालमा विक्रम सम्वत १२१८ असार शुक्ल तृतीया सोमबाररका दिन पहिलो विनाशकारी भूकम्प गएको थियो । त्यतिबेला भूकम्प मापन यन्त्र (रेक्टर स्केल) को आवीस्कार नभएका कारण कति रेक्टरको भूकम्प गयो भन्ने वैज्ञानिक आधार छैन । तर क्षतिको मूल्यांकनका आधारमा विज्ञहरुले त्यतिबेला करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको बताउँदै आएका छन् । सोही भूकम्पमा राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाण्डु उपत्यकाको एकतिहाई जनसंख्या प्रभावित भएको थियो । काठमाण्डुका सर्वसाधारणले १५ देखि एक महिनासम्म सहर छाडेका थिए । एक महिनासम्म पटकपटक भूकम्का धक्काहरु महसुस गरिएको थियो । धैरै घर, मन्दिर र पुरतात्विक सम्पदा ध्वस्त भएका थिए ।
दोस्रो ठूलो भूकम्प विक्रम सम्वत १३१६ को हो । त्यो भूकम्पले पनि ठूलै क्षति पु¥याएको अनुमान गरिन्छ । धेरै मानिसको मृत्यु भएको अनुमान गरिए पनि यकिन तथ्यांक छैन । जसका कारण मुलुकमा महामारी फैलनुका साथै अनिकाल परेको थियो ।
दोश्रो भूकम्पको १४९ वर्षपछि काठमाण्डुलाई केन्द्रबिन्दु बनाएर विक्रम सम्वत १४६५ मा तेश्रो भूकम्प आएको थियो । जुन भूकम्मले रातो मच्छिन्द्रनाथको मन्दिर जगैदेखि भत्कियो । त्यतिबेला काठमाण्डु उपत्यकाका धेरै मठमिन्दर र घरहरु भत्केका थिए ।
ठाउँठाउँमा जमिनमा ठूलठूला धाँजा फाटेका थिए । पानीको पुराना मुहान सुकेर नयाँ स्थानमा मुल पलाए पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किएका थिए । विक्रम सम्वत १७३७ सालमा भूकम्प गएको इतिहासविद बताउँछन् । जसले ठूलो विपत् निम्त्याएको थियो । दर्जनौं मानिस मरेका थिए । काठमाण्डुलाई नै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पमा परी राजा श्रीनिवास मल्ल घाइते भएका थिए । तुलनात्मक रुपमा त्यतिबेला धनजनको कम क्षति भएको थियो ।
१८२४ असार १ गते एकैदिन २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पु¥यायोे । त्यसको कुनै आधिकारिक अभिलेख भेटिएको छैन । तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै धनजनको क्षति भएको ठानिएको छ ।
विक्रम सम्वत १८६७ जेठ १० गते अर्को भूकम्प गयो । भूकम्पबाट काठमाण्डु ललितपुर र भक्तपुरमा घरहरु भत्केका थिए । काठमाण्डु र ललितपुरमा ठूलो मानवीय क्षति भएन ।
यद्यपि मठमन्दिर धेरै भत्किए । भक्तपुरमा निकै मानिसको ज्यान गएको थियो ।
विक्रम सम्वत १८८० यमपञ्चकका दिन भूकम्प गयो । एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिँदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पु¥यायो । भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए पनि त्यसपछि नेपालमा गएका भूकम्पको तथ्यांक स्पष्ट पाइन्छ ।
विक्रम सम्वत् १८९० भदौ १२ गते सोमबार साँझ करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको दोश्रो झड्का महसुस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु र बनेपा नराम्ररी प्रभावित भएका थिए । । काठमाण्डुमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो ।
judda_shamsher_announcing_the_relief_efforts1१८९० कै असोजमा अर्को ठूलो भूकम्प गयो । एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पा¥यो । अघिल्लो वर्षको भूकम्पले लगाएको घाउ सेलाउन नपाउँदै एक वर्षपछि विक्रम सम्वत १८९१ असार र असोजमा फेरि दुई ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो ।
नेपालको भूकम्प इतिहासमा सबैभन्दा विनाशकारी भूकम्प १९९० माघ २ गतेकोलाई मानिन्छ । त्यतिबेला काठमाण्डुमा राजा राजेन्द्र विक्रम शाह राजा थिए । संखुवासभाको चैनपुर केन्द्रबिन्दु बनाएर गएको ८ं.४ रेक्टर स्केलको भूकम्पले देशलाई नराम्रो असर पा¥यो ।
उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाण्डु उपत्यकामा मात्र करिब चार हजार ५ सय जनाले ज्यान गुमाए । ९५ हजार मानिस घाइते भए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
काठमाण्डु उपत्यका झण्डै तहसनहस भएको थियो । धरहराको आधा भाग त्यतिबेलै भत्किएको हो । घण्टाघर पनि क्षतिग्रस्त भएको थियो । भूकम्पले मुलुकका ९५ प्रतिशत स्थानमा खानेपानी आपूर्ति बन्द भएको थियो । झण्डै ५० प्रतिशत पुल भत्किए । सात लाख बढी मानिस घरबारविहीन भए ।
२०३७ सालमा सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले बझाङसहित सुदूरपश्चिमका बैतडी, बाजुरा र दार्चुला जिल्ला बढी प्रभावित भएका थिए । त्यसबेला करिब २५ सय घर ध्वस्त भए । १ सय २५ जना मानिसले ज्यान गुमाए । २ सय ४८ जना घाइते भए । ११ हजार ६ सय ४ ध्वस्त भएका थिए ।
२०४५ साल भदौ ५ गते बिहान पौने पाँच बजे ठूलो भूकम्प गएको थियो । उदयपुरको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६. ७ रेक्टर स्केलको भूकम्पमा ७५० जनाले ज्यान गुमाए । ६ हजार ५ सय भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पु¥यायो भने काठमाण्डु उपत्यकामासमे प्रभाव परेको थियो ।
२०६८ साल असोज १ गते भारतको सिक्किम केन्द्रबिन्दु भएर गएको ६. ९ रेक्टर स्केलको भूकम्प गएको थियो । जसमा ५ जनाको मृत्यु भएको थियो । २७ जनाबन्दा बढी घाइते भएका थिए ।
vukampa  (21)२०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको महाभूकम्प गयो । हालसम्म करिब ७ हजार मानिसको मृत्यु भइसकेको छ । त्यो संख्या १० हजार नाघ्ने अनुमान छ । सयौं घाइते छन् । भूकम्पका कारण हजारौं घरबारबिहीन भएका छन् । भूकम्पले एतिहासिक धरहरा ढलेको छ । पुरातात्विक तथा एतिहासिक महत्वको वसन्तपुर दरबार स्क्वाएर क्षतिग्रस्त भएको छ ।
(विकिपिडया र जियो टेक्निकल इन्जिनियर डा. दीपकराज भाटको सहयोगमा)
- See more at: http://kathmandutoday.com/2015/05/98067.html#sthash.h7AIddJF.kV0aNbrF.dpuf 

Thursday, May 15, 2014

सम्बिधान् सभा चुनाब् २०७० सालमा लमजुङ् मा चुनाब् प्रचारको क्रममा लमजुङ्ग जिल्लाका पर्यटकिय गाउहरु घले गाउ , काउलेपानि , मालिंग गाउसहर लगायत धेरै गाउमा  जनताले दिएको मायालाई यस फोटोमा उतारिएको छ जसलाई भिडियोको रुपमा  राखिएको छ। यस भिडियो हेरेपछि जनतालाई सम्झिने र आफ्नो  गाउको याद  आएको छ सबै लमजुगे जनतालाई समर्पित गर्दछु  .