Friday, August 19, 2011

महिला अधिकारका लागि नाङ्गै फोटो सेसन .

महिलालाई जागिरमा आरक्षणको लागि वकालत गरिरहेको एक संस्थाको अभियानमा साथ दिँदै मुम्बइकी डिजे तथा कलाकार जेन्नी डीले निर्वस्त्र फोटो खिचाएकी छिन् । भारतको स्वतन्त्रता दिवसको अवसर पारेर महिला स्वतन्त्रता र आरक्षणको माग गर्दै जेन्नीले निर्वस्त्र फोटो खिचाएकी हुन् । मुम्बइमा रहेको गैरसरकारी सस्था सिटिजन्स एक्सन फोरमले भारतको स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको महिला स्वतन्त्रता सम्बन्धि अभियानमा ‘के भारतीय महिला स्वतन्त्र छन् त ?’ भन्ने शिर्षकमा जेन्नीका तस्विरहरु प्रदर्शन गरिएका थिए ।
महिलालाई न्यायलय तथा स्थानिय स्वायत्त निकाय लगायतका क्षेत्रमा प्राथमिकताका साथ थप जागिर दिइनुपर्ने माग सहितको अभियानका लागि जेन्नीका निर्वस्त्र तस्विर खिच्ने फोटोग्राफर बलिउडका चर्चित फेसन फोटो ग्राफर विक्की इद्नानी थिए ।
महिलावादी बनेर निर्वस्त्र फोटो खिचाएकी जेन्नीले न्यायक्षेत्र, प्रहरी, वित्तिय सस्था तथा स्थानिय निकायमा महिलालाई बढि रोजगारी दिन सकिएमा भारतमा भ्रष्टाचार र महिला विरुद्धका हिंसा र अपराध नाटकीय ढंगले घटाउन सकिने दाबी गरेकी छिन् । भारत स्वतन्त्र भएको ६४ वर्ष भैसक्दा पनि अझै धेरै भारतीय महिलाहरु दिनहुँ बलत्कारमा पर्ने गरेको र धेरै बालिकाहरुको जबर्जस्ती बिहे हुने गरेको भन्दै जेन्नीले आफु महिलाकै लागि नांगिएको बताइन् । आफ्ना निर्वस्त्र फोटाहरु कलात्मक तथा ग्लामरस रहेका र अश्लिलता कत्तिपनि नरहेको उनको दाबी छ । 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्