Tuesday, August 23, 2011

हजारेका प्रतिनिधि र भारत सरकारबीच वार्ता

७ भदौ, काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली लोकपाल विधेयकको माग गर्दै अनसनमा रहेका गान्धीवादी सामाजिक अगुवा अन्ना हजारेका प्रतिनिधि र सरकारबीच आज वार्ता हुने भएको छ । विगत नौ दिन देखि नयाँदिल्लीस्थित रामलिला मैदानमा अनसन बस्दै आएका हजारेको स्वास्थ्य नाजुक बन्दै गएको भन्दै समर्थकले चर्को दबाब दिएपछि सरकार वार्ताका लागि तयार भएको हो ।
स्वास्थ्य गम्भीर भए पनि हजारेले उपचारका लागि अस्पातल जान अस्वीकार गर्दै आउनुभएको छ । वार्ता तयारीका लागि  गएराति केन्द्र सरकारको सिसीपीए अर्थात राजनीतिक मामला सम्बन्धी क्याविनेट कमिटीको बैठक बसेको थियो ।
प्रधानमन्त्री मनमोहन सिंहको निवासमा भएको बैठकमा अर्थमन्त्री प्रणव मुखर्जी र अन्ना हजारेका सहयोगबीच पहिलो चरणमा वार्ता भएको छ । हजारेको अनसनलाई लिएर आज मध्याहृन सरकारले सर्वदलीय बैठक आहृवान गरेको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्