करबि पाँच फिट उचाइ, गोलो र गोरो अनुहार भएकी १८ वर्षको कल्कलाउँदो उमेरकी ठमेलको हिमालय आयुर्वेदिक मसाजमा छिर्ने जोसुकै ग्राहकको पहिलो रोजाइ बन्ने गरेकी थिइन् उनि केही समययता त उनी धेरै ग्राहकको रोजाइ बनेका कारण सहकर्मीकै लागि ईष्र्याको पात्र भएकी थिइन् । उनलाई पनि अरूभन्दा बढी आकर्षक भएकामा गर्व थियो। किनभने, जति धेरै ग्राहक तान्न सक्यो, त्यति नै आम्दानी बढी हुन्थ्यो। "भित्री मनमा जे भए पनि पहिलो कुरा त पैसा नै रहेछ," उनले प्रहरी नियन्त्रणमै रहेको अवस्थामा काँपेको स्वरलाई दह्रो पार्दै भनिन्। पाँच महिनादेखि उक्त मसाजमा काम गरेकी उनलाई त्यसयता आफ्नो टोलछिमेकमा पनि अरूसरहको जीवन गुजारा गर्न सजिलो भएको थियो। तर, उनलाई त्यस ठाउँसम्म पुर्याउन बाध्य पार्ने कारणहरू खोतल्न लाग्दा उनी रुन पुगिन्।
फागुन २९ गते पक्राउ परेका सात महिलामध्येकी सविना थापा -नाम परविर्तन), १८, ले आर्थिक अवस्थाकै कारण ९ कक्षा पढ्दापढ्दै स्कुल छाड्नुपर्यो। काठमाडौँ, गागलफेदीकी उनी अहिले बालाजु हाइटमा आमासँग बस् िछन्। बुबाले तेस्रो विवाह गरेपछि उनकी आमा कान्छीबाट माइली भइन्। बाबुले नयाँ श्रीमतीलाई मात्रै हेर्न थाले। माइली र उनीबाट जन्मेकी एक मात्र छोरी सविनालाई हेलाँ गर्न थाले। उनकी आमाले अर्काको घरमा मजदुरी गरेको ज्यालाले मात्रै आमाछोरीको गुजारा चल्न मुस्किल भयो। फेर सविनाका साथीहरूको ठाँटबाँठले उनलाई पनि मीठो खाने र राम्रो लगाउने इच्छा जाग्न थाल्यो। "तर, मसँग बाहिर जाँदा २० रुपियाँ खाजा खाने पैसासमेत हुन्थेन," उनी भन्छिन्। अन्ततः उनी एक चिनेको दिदीसँग ठमेल पुगिन्। घरमा र साथीहरूलाई 'अफिसमा काम गर्छु' भने पनि अफिसको नाम र कामबारे कसैलाई भनेकी थिइनन्।
सविना एक उदाहरण मात्रै हुन्। राजधानी छेउछाउका गाउँ, सहरभित्रैका कमजोर आर्थिक र पारविरकि स्थति भएका घर, राजधानीसँग जोडिएका जिल्लाबाट थुप्रै महिला यसरी बाध्य भएर आफ्नो यौवन बेच्न बाध्य छन्। साँझ-बिहान खान नपुग्ने, खोजेजस्तो रोजगार नपाइने, परविारमा अपहेलित भएर बाँच्नुपर्ने धेरै महिला सुखको खोजीमा सदरमुकाम, सहर र राजधानी पस्ने क्रम त छँदै थियो। त्यसलाई १० वर्ष चलेको सशस्त्र द्वन्द्वले झन् बढावा दियो। धेरै परविार विखण्डित भए। "आन्तरकि विस्थापन र बाध्यताको बसाइँसराइले धेरै महिलालाई सहरका निकृष्ट प्रकारका श्रममा धकेल्यो," राष्ट्रिय मानव अधिकार आयोगको चेलीबेटी बेचबिखन तथा ओसारपसारसम्बन्धी समाधीक्षक पद्मा माथेमा भन्छिन्।
हालै एक १३ वर्षकी बालिकालाई यौन व्यवसाय हुने मसाज केन्द्रमा प्रहरीले फेला पार्नुले बालबालिकालाई समेत यसमा प्रयोग गरएिको प्रस्ट पार्छ। सिन्धुली बेलघारीकी ती बालिकालाई ठमेलको जोमसोम मसाजबाट गत असोज २२ गते प्रहरीद्वारा उद्धार गरएको थियो। उनले मसाजमै काम गर्ने दिदीसँग काठमाडौँ आएको बताएकी थिइन्। प्रहरीले त्यसबेला ठमेलका एभरेस्ट, निर्वाण, जोमसोम र आयुर्वेदिक नामका मसाज पार्लरमा फेला परेका अरू सात बालिकाको समेत उद्धार गरेको थियो। ती सबै अहिले माइती नेपालको संरक्षणमा छन्।
मसाजका नाममा यौन व्यवसाय सञ्चालन गर्नेहरूले अहिले नयाँनयाँ कलिला किशोरीलाई आफ्नो कोठीसम्म तान्नका लागि अर्को उपाय अपनाउने गरेका छन्। आफूकहाँ काम गर्ने युवतीलाई दसैँ, तिहार, नयाँ वर्षजस्ता चाडपर्वका बेला केही बढी रकम दिन्छन्। धेरै समयपछि गाउँघर फर्किने बेलामा ती युवतीहरू पनि भड्किलो भएरै जान्छन्। "उनीहरूको जीवनशैलीबाट गाउँघरमा कष्टपूर्ण जीवन भोगिरहेका किशोरीहरू उनीहरूप्रति सजिलै आकषिर्त हुन्छन्," रक्षा नेपालकी अध्यक्ष मेनुका थापा भन्छिन्। उनका अनुसार, सहरमा के काम गर्नुपर्छ भन्ने कुराबारे थाहै नपाई उनीहरू पछि लाग्छन्। बाबुआमाले पनि काम लगाइदिन आग्रह गरेर जिम्मा लगाउँछन्। "अनि सहरमा यस्तै निकृष्ट काममा फस्छन्," थापा भन्छिन्, "फसेपछि उम्किनै सक्दैनन्।"
साभार : नेपाल

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्