Sunday, April 25, 2010

आज देखि निजी स्कुलहरू बन्ध

अब जनताले के के सहनु पर्ने हो थाहा भएको छैन केहि दिन देखि बिधालायको लेखा शाखा मात्र बांध थियो आज देखि बिधालयहरुनै बन्ध गरेका छन । निजी विद्यालयहरूले मनोमानी तवरले शुल्क बृद्धि गरेको विरोधमा एकीकृत नेकपा माओवादीको भातृसङ्गठन अखिल क्रान्तिकारीले आइतबारदेखि सबै निजी विद्यालय बन्दको आहृवान गरेका छन् ।
बढेको शुल्क फिर्ता गर्न माग गर्दै क्रान्तिकारीले निजी विद्यालय बन्द गराएको अध्यक्ष लेखनाथ बताउछन। निजी विद्यालय बन्दको आहृवान गरेपछि करिब १५ लाख विद्यार्थी प्रभावित भएका छन् । क्रान्तिकारीले बैसाख ६ गतेदेखि देशभरका निजी विद्यालयको लेखा शाखामा तालाबन्दी गर्दै आएको थियो । विद्यालय बन्द भए नभएको अनुगमनसमेत गर्ने अखिल क्रान्तिकारीले जानकारी दिए ।
यसैबीच अखिल क्रान्तिकारीका युवाहरूले धनगढीको हसनपुरमा रहेको वीरेन्द्र ऐश्वर्य विद्यालयमा विद्यालय तोडफोड गरेको छ । साथै विद्यालयका प्रचार्य धर्मदेव भट्टलाइ पनि कुटपिट गरेको थाहा भएको छं ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्