मंसिर ५ काठमाडौ, माइती नेपालकी संस्थापक अनुराधा कोइराला सिएनएन हिरो २०१० घोषित भएकी छिन् । मानव तस्कर लगायत विदेशमा वेचिएकी नेपाली चेलीको उनको संस्था माइती नेपालले उद्धार गरी शिक्षा, स्वास्थ लगायतका विभिन्न सेवा प्रदान गर्दै आएको थियो ।
उनले एचआइभी एडस सक्रमितलाई पनि शिक्षा, स्वास्थ्य लगायतका आयमुलक सीप प्रदान गर्दै आएकी थिइन् । सन् १९९३ देखि सामाजिक सेवा कार्य गर्दै आएको माइत नेपालले यौन हिंसाबाट पीडित करीव १२ हजार भन्दा बढी महिला तथा चेलीवेटीको उद्धार गर्दै आएको छ ।सिएनएनले आफ्नो आधिरिक वेभसाइटमा सिएनएन हिरोको लागि अनलाइन भोटिङ गरेको थियो ।मानव तस्करी जनघन्य अपराध हो सिएनएन हिरो घोषित भइसकेपछि प्रतिक्रिया दिंदै कोइरालाले भनिन म प्रत्येकसंग समाजमा भइरहेका मानवतस्करी विरुद्धको अभियानमा जुटन सबैसंग आव्हान गर्दछु, हामी सबैका चेलीबेटीका यो आवश्यक छ ।' उनको बिचारले धेरै बर्ष पछाड़ी सार्थक पाएको उनी हामी सबै नेपाली को आशाको केन्द्र बनेकी छन .
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्