Saturday, November 20, 2010

माओबाधिको बिस्तारित बैठक गोरखाको पालुनाटारमा उदघाटन हुदै

 मंसिर ५ गोरखा, एनेकपा माओवादी विस्तारित बैठककको उदघाटन आज आइतबार १ बजे गोर्खाको पालुनाटार माँ हुने भएको छ । पालुङटारमा बिहान बसेको स्थायी समिति बैठकले विस्तारित बैठकको संचालन प्रक्रियाबारे टुङ्गो लगाएको छ ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा उपाध्यक्षद्वय बाबुराम भट्टराई र मोहन वैद्यले तयार पारेका तीन वटै दस्तावेजमा छलफल चालाउने निर्णय गरेको छ । प्रवक्ता दीनानाथ शर्माका अनुसार पहिलो उदघाटन, त्यसपछि बन्द सत्र र समापनको कार्यतालिका बनाइएको छ । विस्तारित बैठक पाँच दिनमा सिध्याउने लक्ष्य राखिएको छ ।
स्थायी समिति बैठक सकिएपछि केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम रहेको छ । स्थायी समिति बैठक शनिबार बस्ने भनिएपनि नेताहरु समयमा नपुगेका कारण आइतबार बसेको हो । स्थायी र केन्द्रीय समितिको बैठककका कारण उदघाटन ढिलो हुने भएको  बताइएको छं  ।माओबाधिको बैठकमा ३ ओता दस्ताबेद लाइ भिन्ना भिन्नै छलफल गरिने छं त्यसपछि भाबी दिशाको बारेमा टुंगो लाग्ने  कुरा माओबाधि नेताले बताएका छन . 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्