Saturday, November 20, 2010

माओबाधिले अपहरण गरेको ब्रिफकेस राष्ट्रीय सघ्रालायमा राखिने

 मंसिर, काठमाडौं , अर्थमन्त्री सुरेन्द्र पाण्डेले शुक्रबार राति माओवादी सभाषदहरुले आफ्नो हातबाट खोसेर फुटाएको बि्रफकेस सरकारले राष्ट्रिय संग्राहलयमा राख्ने बताएका छन् ।
शुक्रबार राती माओवादी सभाषदहरुले अर्थमन्त्री सुरेन्द्र पाण्डेको हातबाट खोसेर बजेटको ब्रिफकेस फुटाएका थिए । सिंहदरबार स्थित राष्ट्रिय योजना अयोगको हलबाट आर्थिक बर्ष २०६७/०६८ को आय-व्यय बिबरण प्रस्तुत गर्दै अर्थमन्त्रीले भन्नुभयो -हिजो मबाट खोसेर माओवादी सभासद्हरुले फुटाएको ब्रिफकेस राष्ट्रिय संग्रहालयमा राखिने भएको छ, राष्ट्रिय योजना आयोगमा अर्थमन्त्री पाण्डेले भने, त्यसका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइसकिएको छ ।
हिजो बजेट रोक्ने क्रममा माओवादी सभासदहरूले अर्थमन्त्री सुरेन्द्र पाण्डे, ऊर्जामन्त्री प्रकाशशरण महतलगायतलाई कुटपिट र लछारपछार गरेका थिए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्