Friday, November 19, 2010

सार्बजनिक यातायातमाँ भाडा बढ़ने

मक्सिर काठमाडौं , सरकारले वैज्ञानिक भाडा दरको मान्यताविपरीत सार्वजनिक यातायातको भाडा १३ प्रतिशत बढाउन व्यवसायीसँग सैद्धान्तिक सहमति गरेको खुलासा भएको छं  । केही दिनमै भाडा बढाउने प्रस्ताव श्रम तथा यातायात मन्त्रालयमा पेश गरेको कुरा खुलासा भएको छं  । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको छलफलमा उक्त दरमा भाडा बढाउन सहमति भएको हो । वैज्ञानिक भाडा दर कार्यान्वयन गर्दा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर पाँच रुपैयाँभन्दा बढी भएपछि मात्र भाडा बढाउने भद्र सहमति भएको थियो । महासंघका कोषाध्यक्ष सरोज सिटौलाले तेलको मूल्य दुईपल्ट बढेकाले भाडा बढाउन आवश्यक भइसकेको बताए। 'तेलको मूल्य बढेको लामो समयसम्म भाडा बढेको छैन। यसले अर्बौं लगानीको यातायात क्षेत्र संकटमा छ,' उनले भने, 'अब भाडा नबढाए यातायात सञ्चालन गर्न सकिँदैन।'

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्