दुई सय वर्ष पुरानो नेपाल-बेलायत सम्बन्धको एउटा मुख्य कडी बेलायती सैनिक सेवामा प्रवेश गर्दैछन्, नेपाली महिलाहरू। बिदा मनाउन हङकङ आएका वेला लान्स कर्पोरल पविन राईसँग भेटेर गरिएको कुराकानीअफगानिस्तानमा पविन। नेपाल आएको वेला उता के काम गर्छ्यौ भनेर सोध्नेहरूलाई ब्रिटिश आर्म्ड फोर्सेस्मा छु भन्दा धेरैले उनलाई लाहुरेनी अर्थात् कुनै ब्रिटिश गोर्खा सैनिककी श्रीमती ठान्छन्।
तर, सन् २००४ देखि ब्रिटिश सेनाको टुप्यारा रेजिमेण्टमा कार्यरत पविन राई (२९) गोर्खाली होइन गोराहरूको पल्टनमा छिन्। केन्या, साइप्रस र फ्रान्सका बङ्करहरूमा खटिसकेकी उनी दुईपटक त अफगान युद्धमै लडिसकिन्।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्