Monday, September 20, 2010

सभासद कार्कीमाथि कारबाही गर्न निर्देशन

नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले भ्रष्टाचारमा मुछिएका सभासद् डिवी कार्कीलाई पार्टीको संगठित सदस्य र किसान महासंघको स्थायी समिति सदस्यबाट समेत निलम्बन गर्न केन्द्रीय समितिलाई निर्देशन दिएको छ। पार्टी मुख्यालय बल्खुमा आइतबार बसेको अनुशासन आयोगको बैठकले कार्कीको संविधान सभा सदस्य पदको सम्वन्धमा भने समग्र छानविन सकिएपछि निर्णय गर्ने जनाएको छ।
बैठकले यसप्रकारको घटनाबाट शिक्षा लिंदै आर्थिक अनियमितता लगायत नैतिकतामाथि आँच आउने कुनै पनि निन्दनीय क्रियाकलापप्रति सचेत रहन सबैलाई आह्वान समेत गरेको छ। सभासद् कार्की प्रहरी भर्नाको सम्वन्धमा घुस लिंदा लिंदै पक्राउ परेपछि एमालेले छानविनका लागि पार्टी भित्रबाटै एक समिति गठन गरेको थियो। सोही समितिको प्रतिवेदनको आधारमा अनुशासन आयोगले यस्तो निर्णय गरेको हो। विशेष अदालतले कार्कीलाई २४ दिन थुनामा राख्न निर्देशन दिएको थियो।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्