Sunday, November 21, 2010

माओबाधिको बन्द शत्र शुरू

मंसिर ६ , माओवादीको विस्तारित बैठकको बन्द सत्र आज बिहान नौ बजेदेखि सुरु भएको छं । बन्द सत्रको सुरुमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेश गर्नेछन्। त्यसपछि सुरुमा उपाध्यक्ष मोहन वैद्य र अन्त्यमा अर्का उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो विचार राख्‍ने छन्।
१३ वटा भूगोल राज्य समिति, लडाकूका ७ वटा डिभिजनलाई राज्यसमितिसरहको मान्यता दिइएकोले लडाकूका तर्फबाट ७, वाईसीएलको एक, प्रवास ब्युरोको एक, केन्द्रीय ब्युरो राज्य समिति, सांस्कृतिकका तर्फबाट एउटा राज्य समिति, नयाँ प्रवेश गरेकाहरुको एक र छुटपुट एक गरी माओवादीका कूल २६ वटा राज्य समिति छन्। बन्द सत्रको पहिलो दिन तीन जना  नेताले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेपछि बाँकीका चार दिनमा यी २६ वटै राज्य समितिमा प्रत्येक राज्यसमितिबाट तीन जनाले आफ्नो विचार राख्‍नेछन्।
यसअघि तीन नेताका प्रतिवेदनलाई प्रत्येक राज्य समितिमा समूह बनाई छलफल गर्ने तयारी भएको थियो। तर यसो गर्दा बहुमत र अल्पमतको कुरा आउने र त्यसबाट पार्टीमा विभाजन हुनसक्ने भन्दै स्थायी समिति र केन्द्रीय समितिको बैठकले समूहगत रुपमा छलफल नगर्ने निर्णय गरेको छ। त्यसको साटो प्रत्येक राज्य समितिबाट तीनै विचारधारालाई समेट्ने तीन तीन जना प्रतिनिधिले बोल्ने छन्। २६ वटा हलमा चार दिनसम्म यो क्रम चल्नेछ।
                            १४ हजार भन्दा बढी लडाकू सहभागी-
अरु दल र अन्मिनले आपत्ति जनाए पनि माओवादी विस्तारित बैठकमा १४ हजारभन्दा बढी लडाकु सहभागी छन्। माओवादीका प्रत्येक राज्यसमितिमा उत्तिकै संख्यामा प्रतिनिधि भने छैन। नयाँ राज्यसमितिमा ५० जनाको संख्यामा प्रतिनिधि छन् भने कोचिला राज्यसमितिमा ४ सयभन्दा बढी संख्यामा प्रतिनिधि छन्। त्यसैगरी लडाकुका सात राज्यसमितिमा पनि प्रत्येकमा १०० देखि ३०० को हाराहारीमा प्रतिनिधिहरु छन्। अरु   पार्टीहरुको  बिरोध का बाबजुध पनि  माओबाधिले लड़कालाई बैठकमा  सहभागी गराएको छं .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्