Wednesday, April 28, 2010

राजधानी माओवादी कार्याकर्ताले भरियो


माओवादी कार्यकर्ताले राजधानीका ठाउूठाउूमा मार्चपास गरेका छन् । उनीहरूले लैनचौर, बाग्ाबजार, बानेश्वर, कोटेश्वर, सुनधारा, त्रिपुरेश्वर, पुतालिसडक क्षेत्रमा बुधबार बिहान मार्चपास गरेका हुन् । त्यसमध्ये केहीले युनिर्फमसहित मार्चपास गरेका थिए ।माओवादीले स्वयंसेवकहरूलाई 'अभ्यास गराएको' जनाएको छ । 'यो मार्चपास कार्यक्रमलाई निरन्तरता दिन्छांै,' वाईसीएल उपत्यका इञ्चार्ज चन्द्रबहादुर थापाले भने, 'यसलाई प्रदर्शनको तयारीका ंरूपमा बुझ्दा हुन्छ ।' लैनचौरमा पोलिटब्युरो सदस्य लेखराज भट्ट र सुन्धारामा वाईसीएल केन्द्रीय संयोजक गणेशमान पुनले सम्बोधन गरेका थिए ।भट्टले मार्चपास र शारीरिक अध्यासका लागि भेला भएका कार्यकर्तालाई अनुशासित र संयम भएर प्रदर्शन गर्न निर्देशन दिएका थिए । 'अनुशासित र संयम भएर शान्ति, संविधान निर्माणका लागि राष्ट्रिय सरकारको आन्दोलनमा लाग्नुपर्छ', उनले भने, 'यो सरकारलाई अपदस्थ नगरे देश बन्धक हुन्छ, त्यसैले आन्दोलनबाटै राष्ट्रिय सरकार बनाउनुपर्छ ।' उनले प्रदर्शनमा सरकारी हस्तक्षेप र अन्य तत्त्वबाट हुने घुसपैठबाट सतर्क रहन पनि निर्देशन दिए । 'घुसपैठ र हस्तक्षेपको प्रयत्न हुनसक्छ,' उनले भनाइ थियो, 'हामी सतर्क हुन जरुरी छ ।'वाईसीएल संयोजक पुनले 'शान्ति र संविधान अपहरण गर्ने तत्त्वलाई खबरदारी गर्न' युवाहरू लाग्नुपर्ने बताए । 'शान्ति र संविधानका लागि युवाहरू खबरदारी गर्न हजारांै युवा राजधानी आएका हुन्,' उनले मार्चपास समापन कार्यक्रममा भने, 'युवाहरूको आवाज बेलैमा सुनियोस् ।'उनले प्रहरीहरूलाई 'जनताको पक्षमा लाग्न' आग्रह गरे । 'देश निर्माणमा लागेका जनताको पक्षमा लाग्ने कि शान्ति र संविधान निर्माण प्रक्रियाविरुद्ध लाग्ने शक्तिको पक्षमा लाग्ने ? बुझ्नुपर्ने बेला भएको छ,' पुनको भनाइ थियो ।कार्यकर्ताहरू बाहिरबाट राजधानी आउने bihibaar पनि जारी रहेको माओवादीले जनाएको छ । 'कार्यकर्ताहरू राजधानी आउने क्रम जारी छ,' थापाले भने । उनले राजधानी आउने कार्यकर्तालाई सुरक्षा निकायले अवरोध नपुर्‍याएको बताए । सरकारी स्कुलमा कार्यकर्ता नराखेको दाबी गर्दै सभासदसमेत रहेका थापाले मंगलबार गन्तव्यमा पुग्न नसकेकाले डिल्लीबजारलगायका क्षेत्रमा बास बसेको बताए । कार्यकर्ता बसेको स्थानमा प्रहरी पुगे पनि नराम्रो व्यवहार नगरेको माओवादीको भनाइ छ । शनिबार मे दिवस मनाउन राजधानी आएका हजारौं माओवादी कार्यकर्ता र समर्थकहरूले राजधानीको पार्टी प्यालेस, निजी विद्यालय, निर्माण हुँदै गरेका हाउजिङ, सरकारी स्वामित्वका खाली भवनमा खचाखच भरिने क्रम जारी छ ।माओवादी नेवाः राज्य समितिका सहसचिब दिलीप प्रजापतिले आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । पार्टीले नेवाः राज्य समितिलाई कार्यकर्ता व्यवस्थापनको जिम्मेवारी दिएको थियो । राजधानी छिरेका कतिपय कार्यकर्ता र समर्थक सुन्धारा, नयाँ बसपार्क, नयाँ बानेश्वरमा 'सेल्टर' खोज्दै भौतारिइरहेका देखिन्थे । माओवादी कार्यकर्ताले पाटनका केही विहारमा समेत आश्रय लिएका छन् ।

हतियारसहित दर्जनौं समातिए

राजधानीका विभिन्न स्थानबाट प्रहरीले हतियारसहित ६ जनालाई पक्राउ गरेको छ । राजधानीको मुड्खुस्थित प्रहरीले राखेको चेकिङ पोस्टमा चितवनको प्रताप स्मृति बिग्रेडका २ माओवादी कार्यकर्ता मुकुन्द केसी र कृष्णबहादुर तामाङलाई खुकुरीसहित समातेको छ । उनीहरू खकुरी लिएर राजधानी छिर्दै थिए । डिल्लीबजारको उकालोमा बुधबार बिहान चक्कुसहित वाईसीएल कार्यकर्ता निर्मल लामा पक्राउ परेका छन् । राजधानीको नयाँबजारबाट हतियारसहित माओवादी कार्यक्रममा काभ्रे भकुण्डेबेसी घर भएका मनोज मगर, इलाम चुलाचुलीका प्रतीक राई र राजन राईलाई पक्राउ गरिएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्