Thursday, April 29, 2010

माओवादीले जबर्जस्ती चन्दा मागेको बिरोधमा बजार बन्द

१६ बैसाख (धनगढी), अब जनताले पनी पतिकर गर्न भए एकीकृत नेकपा माओवादीले जबर्जस्ती रुपमा चन्दा मागेको भन्दै कैलालीको अत्तरीयाका व्यापारीले बजार बन्द गरेका छन् । आफुले सञ्चालन गरेको व्यवसाय भन्दा बढी चन्दा मागेको भन्दै उनीहरु बिरोधमा उत्रिएका हुन्।
उनीहरुले बिहीबार बिहानदेखि अत्तरीया बजार पुरै बन्द गराएका छन् । व्यापारीहरुले माओवादीबाट जबर्जस्ती रुपमा चन्दा माग्न नरोकीएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । यति गर्दा पनि माओवादीले चन्दा माग्न नरोके र सरकारले शान्तिपूर्ण रुपमा व्यवसाय गर्ने वातावरण नमिलाए थप आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्