Sunday, August 28, 2011

अन्ना हजारेले अनसन आज तोडे

११ भदौ, काठमाडौं१२,  दिनदेखि दिल्लीको रामलीला मैदानमा अनशन बसिरहेका गान्धीवादी नेता अन्ना हजारेले आज अनशन तोड्नुभएको छ । संसदले आफ्ना माग सम्वोधन गरेपछि हजारेले आज अनसन तोड्नुभएको हो । अनशन स्थलमा एक जना दलित तथा अर्की मुस्लिम बालिकाको हातबाट नरिवल पानी र मह खाएर हजारेले अनशन तोड्नुभएको हो । रामलीला मैदानमा अन्नाको अनशन तोड्नु अघि उहाँका सहयोगी अर्विन्द केजरीवालले उपस्थित मानिसहरुलाई भ्रष्टाचारविरोधी सपथ खुवाउनुभएको थियो । हजारेका समर्थकहरुले आज बेलुकी दिल्ली गेटमा विजयोत्सव मनाउने घोषणा गरेका छन् ।
अनशन समाप्तीपछि उपस्थित समर्थकहरुलाई धन्यवाद दिँदै हजारेले पछिल्लो आन्दोलनले आफुलाई भ्रष्टाचार मुक्त देश बनाउन सकिन्छ भन्ने विश्वास जागेको बताउनुभयो । भ्रष्टाचार विरोधी कडा कानुनको माग गर्दै अनशन बसेका हजारेको मागमा हिजो भारतीय संसदले समर्थन जनाएपछि उहाँले अनशन तोड्ने निर्णय गर्नुभएको थियो । हजारेले लोकपाल कानुन अनुसार लोकायुक्तको व्यवस्था हुनुपर्ने, सबै विभागमा नागरिक बडापत्र स्थापना गरिनुपर्ने र केन्द्र तथा राज्य सरकारका सबै कर्मचारीलाई लोकपाल कानुनको दायराभित्र राखिनुपर्ने माग गर्नुभएको थियो । हजारेका मागबारे अर्थमन्त्री प्रणव मुखर्जीले सदनमा राख्नुभएको प्रस्ताव ध्वनी मतले पारित भएको थियो । अन्ना हजारेका समर्थकहरुले आधा युद्ध जितेको भएपनि अझै लडाइँ बाँकी रहेको बताएका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्