Thursday, August 18, 2011

दर्जन पत्रकार माथि आक्रमण

भरतपुर, भाद्र २ - बिहीबार साँझ हात्ती प्रशिक्षण सम्बन्धि समाचार संकलनका लागि सौराहा पुगेका चितवन स्थित कान्तिपुरकर्मी दीपेन्द्र बडुवाल लगायत एक दर्जन पत्रकार माथि आक्रमण भएको छ । सांझ खाना खाएर राप्ती किनार घुम्न गएका पत्रकारको टोली माथि जंगल पवका संचालक जिवा चौधरी लगायतले आक्रमण गरेका हुन ।
राप्ती किनारमा बस्न नपाउने भन्दै पत्रकारको टोलीलाई धपाउने क्रममा आक्रमण गरेका थिए । एक छिन बसेर जान्छौ, दाइ भनेर अनुरोध गर्दागर्दा आक्रमण गरिएको थियो । स्थानीय कायाकैरन दैनिकका प्रधान सम्पादक बिनोदबाबु रिजाललाई कुर्सीबाट फालेपछि पत्रकारले आपत्ती जनाएका थिए ।
जिवाले आपत्ती जानाउने पत्रकार माथि पहिला आ्रकमण गरे । कान्तिपुर कर्मी बडुवालमाथि पहिले आक्रमण गरिएको थियो । त्यसपछि बडुवाललाई जोगाउने क्रममा पत्रकार एकल सिलवाल गम्भीर घाइते भएका थिए । त्यस क्रममा पत्रकार महासंघ साखा उपाध्यक्ष रमेशकुमार पौडेल, पुर्ब केन्द्रीय सदस्य बिष्णु छिमेकी, पुर्वी चितवन पत्रकार मंचका अध्यक्ष केपी किरण शर्मा, स्वास्थ्य पत्रकार मंचका अध्यक्ष सन्तोष देवकोटा, अमृता गुरुङ, अमृता पोखरेल, खेलकुद पत्रकार मंचका सचिव दीपेन्द्र अधिकारी र जापानबाट बिदा मनाउन आएका पत्रकार हरि प्रसाद पोखरेल माथि हातपात भएको थियो ।
समूहले पत्रकारलाई घेरा हाली सिध्याउने धम्की दिएर बन्धक बनाएको थियो । बडुवाल भागेर जोगिएका थिए । उनको शरिरका विभिन्न ठाउंमा चोट लागेको छ । सिलवालको बांया आँखाको मुनी चोट छ । दुबैको भरतपुर मेडिकल कलेजमा उपचार भएको छ । प्रहरीले तत्काल घटनास्थलबाट पव संचालक जिवा र उनका भाइ बिष्णु चौधरीलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
घटनाको पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन लगायत संघसंस्थाले भत्र्सना गरेका छन । दोषी मािथ कडा कारबाहीको माग गरेका छन । महासंघले आज दिउसो आक्रमणमा संलग्न बिरुद्ध किटानी जाहेरी दिने भएको छ । 
साभार : कान्तिपुर

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्