Thursday, August 18, 2011

आक्रमणकारीले माफि मागे

भाद्र, १ लम्की, कैलाली ,पत्रकार दिपक रावल माथि कुटपिट गर्ने बलिया ७ राजीपुरका खेम बज्गा“ई सहितको समूहले माफिमागेको छ । आफुहरुले नचिनेर भुलवस आक्रमण गरेको भन्दै मागेको हो । सो समूहले ३० गते आईतबार सा“झ धनगढीबाट घरतर्फ फर्कदै“ गरेको अवस्थामा बलियाको कान्छिबजार आक्रमण गरेको थियोे । आक्रमणबाट पिडित रावलले उनीहरु विरुद्व ईलाका प्रहरी कार्यालयमा पक्राउगरी घटनाको छानविन गर्न माग गरेका थिए । मंगलबार दुवै पक्षबीच भएको छलफलमा आक्रमणकारीहरुले रातिको अवस्थामा चिन्न नसक्दा आक्रमण गरिएकोले सो घटनामा आफुहरु पूर्णरुपमा दोषी भएको र ठुलो गल्ती गरेको भन्दै माफि मागेको थियो ।
सो समुहले औषधी उपचार गर्ने, रावलबाट लुटेर लगेको मोवाइल फिर्ता दिने र यसपछिका दिनमा त्यस्ता क्रियाकलाप नदोहो¥याउने सहमति पछि माफ गरिएको पत्रकार रावलले जानकारी दिए । सो समूहकोे आक्रमणबाट रावलको खुट्टामा र टाउकोमा चोट लागेको थियो । रावल प्रेस चौतारी कैलालीका सदस्य हुन । 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्