Monday, August 15, 2011

टेन्डर विवादमा प्रचण्ड र भट्टराई पक्षबीच झडप

३० साउन, गोरखा । खाद्यान्न ढुवानी टेण्डर दर्ताको विवादमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षबीच झडप भएको छ । नेपाल खाद्य संस्थानको चामल ढुवानी गर्नका लागि माछा खोला र सिर्दीवास डिपोमा टेन्डर बुझाउने अन्तिम दिन प्रचण्ड र भट्टराई पक्षबीच झडप भएको हो ।
झड्पमा वाइसियल नेपालका केन्द्रीय सदस्य प्रचण्ड पक्षधरका हरिबहादुर पाण्डे र भट्टराई पक्षधरका अशोक लामिछाने घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । झडपका क्रममा होटल हिमालयनमा रोकिराखिएका तीनवटा मोटरसाइकलमा पनि तोडफोड भएको छ । सुरक्षाका लागि सयौँको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । प्रचण्ड पक्षधरले प्रतिस्पर्धा नगराई ठेक्का पार्न खोज्दा भट्टराई पक्षले विरोध गरेपछि झडप भएको थियो । दुई बटा डिपोका लागि करिव २ करोड बराबरको ठेक्का आहृवान गरिएको थियो ।
प्रचण्ड र भट्टराई पक्षको झडपपछि बजार बन्द भएको छ । भट्टराई पक्षधरले गुण्डागर्दी बन्द गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्