Monday, August 15, 2011

मधेसी महिलाका समस्य र मधेशी महिला सभासद

लेख
मधेसी महिलाका समस्य  र मधेशी महिला सभासद
काठमाडौंमा नेपाल सतभावाना पार्टी नेपालले पार्टी फुटाएर पत्रकार सम्मेलन गरिरहेको बेलामा तराइको रौतहटमा भरखर बिहे गरेकी किरण गुप्ताको रहस्यमय मृत्य भईरहेको थियो । तराईको मुद्धालाई प्रमूखताका साथ उठाएको भन्ठान्ने तराईका सभासदहरु किन महिला हिंसाको विरुद्धमा आवाज उठाउन सकिरहेका छैन्न ।  तराइमा दिनहुँ जस्तो महिलाहरु माथि हिंसा भईरहेको हुन्छ ।  विषेस गरी बोक्सीको निहँुमा र दाइजोको निहँुमा  यस्ता घटना भएका छन् ।  अनौपचारिक सेवा केन्द्र इन्सेकको तथ्यांक अनुसार १६ महिनामा मात्रा तराइमा दाइजोका कारण ज्यान गुमाउने महिलाहरुको सख्या १० जना पुगिसकेको छ । अब भन्नुस वोक्सीको आरोपमा कतिजनाले ज्यान गुमाएका होलान ।  कति जना महिलाहरु अपहेलित र कति जनालाई र्दुव्यवहार गरेको हामिले सुनेका छौं ।
मधेशका महिला त्यति मात्र कुरामा पिडित छैन्न । अरुको घरमा काम गर्नु पर्ने , साहुको घरमा बदियाको रुपमा  हलियाको रुपमा काम गर्नु पर्ने , सानोमा विवाह गरेको हुँदा श्रीमान विदेशमा जागीरमा हुँने र घरमा घर परिवारवाट अत्यधिक अपमान , अपहेलित र ज्यानै जान सक्ने डर मधेशी महिलामा छ ।  किन की यो सबैको जड भनेको सम्पत्ती हो । दाइजो धेरै ल्याएको छ भने पनि श्रीमान् साथमा छैन भने घर परिवारले अर्कौ विहेवाट फेरी पनि दाइजो ल्याउन सकिन्छ भनेर पहिला विहे भएको महिलाको ज्यान लिएको धेरै घटना छन । मधेशका घटनामा किरण गुप्ता जस्ता महिला त एक प्रतिनिधि पात्र मात्र हुन । वाहिर नआएका यस्ता धेरै घटनाहरु तराइका गर्भमा कुहिएका छन् । अन्धविश्वस, ुकरिति र कुस्सकार र भारतको प्रत्यक्ष प्रभावको कारणले तराईमा महिला हिंसा अत्यधिक भएको पाइन्छ ।
संविधान सभामा विभिन्न दलका सभासदमा चुनिएर मधेसी महिलाहरु आएका छन् । तर आज सम्म मधेसी महिला सभादहरुको भुमिका भनेको पार्टी  फुटाउने वेलामा पिछलौवा भएर नजिकको चिनेको वा केही सहयोग गरेको भरमा हस्ताक्षर  गरेर पार्टी फुटाउन वाहेक  अरु कुनै विषयमा चासो राखेको पाइएको छैन । त्यही समाजको प्रतिनिधि भई सकेपछि समाजको वारेमा वोल्नु पर्ने कर्तव्य सभासदको हो तर मधेशी सभासदले कहिल्यै महिला हिंसा सम्वन्धिका कुनै पनि घटनामा एउटा विज्ञाप्ती सम्म पनि निकालेको पाइदैन । के यो जनप्रतिनिधिले गर्ने व्यवहार हो । मधेशका सबै सभासदलाई त्याहाँ महिला माथि हुने सबै प्रकारको हिंसाको वारेमा थाहा छ र कतिले भोगेका पनि होलान तर अहिले किन ती महिलाको वारेमा सदनमा एक दिन कुरा उठाउन सक्दैन्न ।  समानुपातिक मात्र होइन प्रत्यक्ष चुनाव जितेर पनि धेरै महिला सभासदले मधेशी महिलाको प्रतिनिधित्व गरेका छन् । तर प्रतिनिधित्व गरेर मात्र समस्यको समाधान हुदो रहेनछ भन्ने कुरा यी व्यवहारले देखाएको छ । किन की कहिल्यै त्यो समुदायको वारेमा , पिडित महिलाको वारेमा , महिला हिंसाको वारेमा तराईका महिला सभासदले कुरा उठाएको सुनिएको छैन । यसोत अरुले कुरा उठाएका छन् भन्ने चाही होइन ।
तराईको मुद्धामा जसरी एक मधेश एक प्रदेशको नारामा महिला सभासदलाई लिएर हिड्न पुरुष सभासदहरु सफल भएका छन् त्येसै गरी महिला हिंसाको मुद्धामा महिला सभासदले पुरुष सभासद र अन्य सरोकारवाला कसैलाई पनि सगै हिडाउन सकेको देखिन्न । तराईका महिलाको यो जर जर समस्यको वारेमा तराईका जनप्रतिनिधिले अलि चासो र सरोकार राखेर जनचेनता, सभागोष्ठी गरी महिलाको मुद्धालाई अलि वढि चासो दिनु पर्ने देखिन्छ । ताकि पार्टी फुटाउने र व्यक्तिगत लाभ मात्र होइन ।     यो पित्रिसतात्मक समाजमा परिवर्तन हुन केही समय अझै लाग्न सक्छ ।  तर समय सगै समाजलाई डो¥याउन जनप्रतिनिधिको हैसियतले अलि वढि दायित्व र कर्तव्य सभासदहरुको नै हुन्छ । 

                       कल्पना थापा
                         काठमाडौं
  Email : kalpana.thapa99@gmail.com

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्