अनेरास्ववियुको ९२ क्याम्पसमा विजयी
अनेरास्ववियुले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु) निर्वाचनमा आफ्नो सङ्गठनले ९२ वटा क्याम्पसको स्ववियुमा सभापतिसहित सम्पूर्ण पदमा विजय प्राप्त गरेको भएको दावी गरेको छ । त्यसैगरी नेपाल विद्यार्थी सङ्घले ७० र अनेरास्ववियुु -क्रान्तिकारी) ले ५२ र अन्य विद्यार्थी सङ्गठनले ८ स्थानमा सभापतिसहित सम्पूर्ण स्थानमा जितेको उसले जानकारी दिएको छ । सङ्गठनद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपत्यकाभित्रका ३८ वटा क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियु १४, नेविसङ्घ १२ र अनेरास्ववियु -क्रान्तिकारी) ११ स्थानमा विजयी भएको जानकारी दिइएको थियो ।निर्वाचन हुन बाँकी क्याम्पसमा तुरुन्त निर्वाचनको मिति तोक्न सङ्गठनले आग्रह गरेको छ ।अनेरास्ववियुका अध्यक्ष रामकुमारी झाँक्रीले त्रिभुवन विश्वविद्यालयद्वारा वृद्धि गरिएको परीक्षा शुल्कलाई तुरुन्त फिर्ता गर्न र सो शुल्क नतिर्न विद्यार्थीलाई आग्रह पनि गर्नुभयो । त्रिविविले आफ्नो परीक्षा शुल्क २०० वृद्धि गरेको बताइन्छ ।विद्यार्थीसँग कर होइन आम्दानी अनुसारको अभिभावकसँग शैक्षिक कर उठाउन उसले सरकारसँग माग पनि गरेको छ
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्