Sunday, April 19, 2009

तपाइ लाभ कि एरेन्ज ?

मधु शाही समुन्द्री काठमाडौं,
तिमी लभ म्यारिज गर्ने कि ऐरेन्ज ? प्रश्न नटुगिँदै उनले भनिन्, 'अफ कोर्स लभ म्यारिज' किन ? फेरि उनले जवाफ दिइन् 'सिम्पल यार लभ म्यारिजमा एक अर्कालाई बुझ्ने मौका पाइन्छ ।' रत्नराज्य लक्ष्मी क्याम्पसमा आईए दोस्रो वर्ष पढ्दै गरेकी वविता काफ्लेले यस्तै जवाफ दिइन् । उनकी संगिनी सिर्जना पौडेललाई गरिएको उही प्रश्नमा पनि कुनै फरक आएन । उनी पनि लभ म्यारिज नै गर्न तम्सिएकी छन् । को सँग जान्न चाहनुहुन्छ ? अरू केाही नभएर उनीसँगै एउटै क्याम्पसमा पढ्ने धादिङका अशोक विकसँग । अशोक र उनको क्याम्पसमा भेट भएको ठ्याक्कै दुई वर्ष पुगेछ । काठमाडौं निवासी सिर्जनाको पहिलो दिन क्याम्पस आउँदा अशोकसँग भेट भएको थियो, पछि पछि त दिनहुँजसो भेट हुन थाल्ोछ । यत्तिकैमा कसरी एक अर्कालाई माया गर्न पुगेछन् थाहै पाएनन् यी दुवै जोडीले । सिर्जनाले आफ्नो प्रेमकथा खुलस्त पादै भनिन्, 'ऊ मेरो सारा खुसी हो ।' उनीहरूबीच भौगोलिक र जातीय आधारमा आकाश-जमिनको फरक छ । तर पनि कुनै गुनासो छैन यी जोडीलाई । जात फरक भएर के भो र मन मिलेपछि,' सिर्जनाले ढुक्क भएर भनिन् । उनले विवाह गर्ने केटा कथित दलित समुदायका हुन् भने सिर्जना ब्राह्मण समुदायकी । घरमा जातको कुरा थाहा पाए भने त मारिहाल्छन् त्यसैले थाहै नदिई भाग्ने विचारमा । अशोक पनि आफ्नो मन परेकी प्रेमिकालाई लैजान हिम्मतका साथ तयारीमा छन् । 'उनीले साथ दिइन् भनेजस्तो समस्या पनि पार गर्ने क्षमता छ ममा' अशोकले मायाको दम देखाउँदै जवाफ दिए । असोक र र्सिजनाजस्तै रत्नराज्यलक्ष्मी क्यम्पसमा स्नातक तेस्रो वर्षमा पढ्ने चितवनका अचुतराज अधिकारीले पनि आफ्नो जीवनसाथी खोज्न टाढा धाउनु परेन । नियमित सम्पर्कले स्नातक प्रथम वर्षमा अध्ययनरत पुष्पा बस्नेतलाई आफ्नो बनाइछाडे उनले । अचुतलाई पुष्पाको खुलेर बोल्ने बानीले सारै मोहनी लागेछ । 'उनको त्यही बानी मन पर्छ,' अचुतले भने । 'कलेज नभएको भए त उनीलाई कहाँ पाउँथें र,' अचुतले मख्ख पर्दै भने 'सुरुमा त प्रस्ताव राख्नै डर लागेको थियो, 'उनी अलि झोंकी टाइपकी थिइन् । 'तर उनको मायाले बोल्न सजिलो बनायो ।' यसो त उनलाई पुष्पासँग प्रेम प्रस्तावभन्दा पनि आजभोलि गरिने फेसनेवल मायाको उपाधि पाउने हो कि भनेर डर लागे छ । त्यही डरले प्रेम गरेको ३ वर्षभित्रमै मायालाई वैधानिकता दिए । कलेजमा तँ छाड् र म छाड् गर्दै झगडा गरेकी ताप्लेजुङकी सुस्मिता केसीले भविष्यमा उसैसँग विवाह गर्नुपर्ला भनेर सोचेकी पनि थिइनन्, तर भयो त्यस्तै । 'कलासमा सारै चकचके थियो ऊ, कहिलै झड्को मिल्थेन ।' उनले प्रेम प्रसंग खुलाउँदै भनिन्, 'झगडा झगडैमा माया बसेछ, थाहै भएन ।' माया बसेको कसरी थाहा पाउनुभयो नि ? उनले जवाफमा भनिन्, 'ऊ कलेज नआउँदा मलाई पनि पढ्न मन लाग्थेन ।' अनुभवलाई शब्दमा बदल्न नसकेपछि एउटै जिम्मेवारी दिएर उम्किन खोज्दै उनले भनिन्, 'यी सबै जान्न तपाईंले पनि प्रेम गर्नुपर्छ '। सुस्मिता त्रिचन्द्र क्याम्पसमा बीबीस दोस्रो वर्षमा पढ्दै छिन् । ।रत्नराज्यलक्ष्म क्याम्पसका शिक्षक एवं साहित्यकार विनोद मञ्जनले क्याम्पस बहुजातीय, भाषा, रीतिरिवाज, संस्कृति र विचार बोकेका मानिसको मेल हुने स्थल भएकाले युवाहरू पढाइको साथै एकअर्कालाई बुझ्ने मौका पाउने बताए । उनले भने, 'आजकल क्याम्पस लगनगाँठो बाँधिदिने स्थलजस्तै भएको छ ।' एकअर्कालाई बुझेर गरिने विवाह पाररिवारिक रूपमा सफल देखिने र अन्तर्जातीय विवाहले समाजको अंधविस्वास हटाउन सहयोग गर्ने उनको धारणा छ । 'विद्यार्थीले एकअर्कालाई बुझ्ने मौका पाउँछन् अनि मन पर्छ, मन परेपछि विवाह हुनु स्वाभाविकै हो ।' विनोदले भनेे, 'यसले सामाजिक एकरूप्ाताको भावना पैदा गर्छ ।'

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्