Tuesday, May 12, 2009

विमानस्थलका ३५ प्रहरी एक्कासी बिरामी

त्रिभूवन विमानस्थलको सुरक्षाका लागि खटिएका करिव तीन दर्जन प्रहरी अज्ञात रोगका कारण एक्कासी बिरामी परेका छन् । सोमबार राती ८ बजेदेखि ती प्रहरीलाई टाउको दुख्ने, बान्ता आउने र रिङ्गटा लाग्ने भएपछि उनीहरुलाई अस्पताल लगिएको थियो ।बिरामी परेका ३५ सुरक्षाकर्मीको अहिले वीरेन्द्र प्रहरी अस्पतालमा उपचार भईरहेको छ । उनीहरुमा ´स्वाइन फ्लु´ को आशंका गरिए पनि अस्पतालले भने खराब पानीका कारण बिरामी परेको जनाएको छ । उनीहरुले खाना खाने मेसमा रहेको खानेपानीका कारण उनीहरु बिरामी परेको अस्पतालले जनाएको छ । उनीहरुमा ´स्वाइन फ्लु´ को लक्षण नरहेको अस्पातलले जनाएको छ । विमानस्थलमा पर्यटक ओहोरदोहोर गर्ने केन्द्र भएको हुनाले स्वाइन फ्लुको आशंका गरिएको थियो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्