एक चन्द्र आकाशमा हजार तारा माझ
सधैं भरी वाच्न पाउ तिम्रै मुटु माझा ।
सधबहार गुलाब फुल हौ बगैचामा तिमी
दुई मुटु एक आत्म कहिले हुने हामी ।
साथी संगि भन्ने गर्छन् साच्ची तिम्रो जोडी
चखेवा झै माया गर्छौ भाब मधुर छोडि ।
गहिराइ हो सागरको मेरो सानो मुटु
तिम्रै तस्बिर सजाइ राखे कसरी म छुटू ।
रेशम खड्का
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्