Tuesday, July 14, 2009

पारशलाइ अपहरण गर्ने माओवादिको योजनाको अर्को खुलासा

आज यो न्यूज़ ले निकै तहलका मचाएको छं । बिहान नया पत्रिका देखि अनालाइना सबै तीर माओबादीको क्यासेट प्रकरण जस्तै अर्को योजना युबराज परसलाई अपहरण गर्ने। तत्कालीन युवराज पारसलाई अपहरण गर्ने,रोल्पा पुर्‍याउने र दरवार हत्याकाण्डबारे बयान लिने- यो योजना थियो माओवादीको । त्यो पनि सामान्य अवस्थामा होइन,राजा ज्ञानेन्द्रले शासन-सत्ता लिएको बेला ।
सरकारसँग दोस्रोपटकको शान्तिवार्ता १० भदौ २०६० मा भङ्ग भएको घोषणा गरेलगत्तै माओवादीले राज्यविरुद्ध फौजी कारबाही फेरि सुरु गरेको थियो । राज्यलाई गम्भीर धक्का दिन माओवादीले पारसलाई अपहरण गरेर दरवार हत्याकाण्डबारे बयान लिने र तत्कालिन प्रधानसेनापति प्याराजङ्ग थापाको ‘सफाया’ गर्ने योजना बनाएको थियो । त्यही योजनाको पूर्वअभ्यासका क्रममा मारिए बरिष्ठ सैनिक अधिकारी किरण बस्नेत । तर, त्यहीबेला ‘स्पेसल टास्क फोर्स’ का एक सदस्य पक्राउ परेपछि माओवादी योजना सेनाले थाहा पायो । त्यसैले पारसको अपहरण पनि भएन,तत्कालीन प्रधानसेनापतिमाथिको ‘कारबाही’ पनि भएन । तत्कालीन प्रधानसेनापति थापामाथि उनको सरकारी निवास शशीभवन झम्सीखेलदेखि प्रधान कार्यालय भद्रकालीसम्म जाँदा वा फर्कदा पुलचोकस्थित मन्त्री निवास आसपासको क्षेत्रमा कारबाही गर्ने योजना बनेको थियो । तर त्यसबेला माओवादीको काठमाडौंमा पवनमान श्रेष्ठ, ललितपुरमा कृष्ण केसी र भक्तपुरमा दिलीप प्रजापति पार्टीको इञ्चार्ज थिए । त्यतिबेला उपत्यकासमेत हेर्ने मध्यकमान्डको इन्चार्ज थिए रामबहादुर थापा ‘बादल’ । त्यस्तै उपत्यकाब्युरो इन्चार्ज थिए दाहाल र उपत्यकासहितको आसपासको क्षेत्र हेर्ने जिम्मा पाएका थिए- कुलप्रसाद केसी ‘सोनाम’ले ।
पारसलाई समात्ने र आधार इलाका (रोल्पा) पुर्‍याउने योजना थियो माओवादीको । ‘उनलाई कुनै पनि हालतमा जिउँदै राख्ने भन्ने थियो,’ तत्कालीन ललितपुर इन्चार्ज कृष्ण केसीले भन्छन्, ‘उनलाई आधार इलाका पुर्‍याउने टिम पनि बनिसकेको थियो,’आज प्रकाशित नयाँ पत्रिका दैनिकले छापेको छ ।
अपहरण योजनामा संलग्न भक्तपुरका सेक्रेटरी बिके श्रेष्ठ, सहसेक्रेटरी रञ्जित, ललितपुरका सेक्रेटरी हीराबहादुर रोकासहित टास्क फोर्सका सदस्यहरु सुचेन्द्र श्रेष्ठ, बुद्धि तामाङ, भीम गिरीलगायत वेपत्ता पारिए । ललितपुरका तत्कालीन इन्चार्ज कृष्ण केसी भने २७ महिनाको वेपत्तापछि रिहा भए । त्यतिबेला पक्राउ गरी भैरबनाथ गणमा राखिएका माओवादी कार्यकर्ताहरुको अझैपनि अत्तोपत्तो छैन ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्