Wednesday, July 29, 2009

सिंहदरबारमा माओवादी लडाकु पक्राउ

प्रकाश अर्याल, काठमाडौ, माओवादी लडाकु रामकुमार पौडेल अनमिनले प्रमाणित गरेको हतियारसहित पक्राउ परेका छन्। बुधबार अपरान्ह सिंहदरबार प्रवेश गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीले चाइनिज पेस्तोल र त्यसको ७ राउन्ड गोली सहित उनलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले अहिले सिंहदरबार प्रहरी प्रभागमा राखिएको जनाईएको छ। उनले आफूलाई शक्तिखोरस्थित लडाकुको कम्पनी कमान्डर बताएपनि उनी माओवादी नेतृ हिसिला यमीको ड्राईभर भएको विभिन्न समाचारहरुमा जनाईएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्