१६ साउन चितवनको राप्ती नदीमा आएको बाढीले चितवनको पर्यटकीय स्थल सौराहा डुबानमा परेको छ । त्यहाँका एक दर्जन रेष्टुरेन्ट, आधादर्जन पसल, निकुञ्ज भित्र रहेका गैंडा क्याम्प होटेल, २ वटा ठूला लजलगायतमा बाढी पसेको छ । सात वर्ष यता आएको ठूलो बाढीले नदी किनारमा रहेका होटल, लज र रेष्टुरेन्टका फर्निचर तथा टहरा बगाएको छ । विहान चार बजेदेखि नै नदीमा पानीको सतह बढ्न थालेपछि व्यवसायीले समान सुरक्षित स्थानमा सारेकाले ठूलो क्षति हुन पाएन । पटक-पटकको बाढीले पर्यटकीय क्षेत्र थप संकटमा परेपछि व्यवसायीहरुले तटबन्ध निर्माणको माग गर्दै आएका छन् ।
स्याङ्जामा पहिरोले एका परिवारका चार बेपत्ता
१६ साउन, पुतलीबजार लगातारको वर्षापछि गएको पहिरोले पुरिएर स्याङ्जामा एकै परिवारका चार जना वेपत्ता भएका छन् । चित्रेभन्ज्याङ गाविस दाउन्नेमा गएराति गएको पहिरोमा पुरिएर स्थानीय टेकनारायण मानन्धरको परिवार वेपत्ता भएको हो । बेपत्ताहरु सबैको नाम खुल्न सकेको छैन । जिल्लाका आधा दर्जन गाविसमा पहिरोले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्