१४ साउन, काठमाडौं , अविरल वर्षासँगैको बाढी र पहिरोले विभिन्न जिल्लाका झन्डै साढे ५ सय परिवार विस्थापित भएका छन् । थप चारको मृत्यु भएको छ । देशको बिभिन्न ठाउमा बाड़ी पहिरोले धेरै छेती भएको छ । कपिलवस्तु जिल्लामा ६ सय बढी घर डुबानमा परेका छन् । ३ सय ८९ बढी परिवार विस्थापित भएका छन् । कपिलवस्तुकै धनकौली-५ मा बेलुवा नदीको पानी पसेपछि ६० घर डुबानबाट सिंगो गाउँ नै विस्थापित छ दोलखाको घ्याङसुकाठोकर र पवटी गाविसको सिमानामा पर्ने घ्याङ खोलामा आएको बाढीले बगाएर अर्जुन लकाई र उहाँकी १२ वर्षीया छोरी मनु लकाईको मृत्यु भएको छ । बागलुङको ग्वालीचौर गाविसको डाँगाखोलामा आएको बाढीले जलजलाका ३८ वर्षीय पतिराम सलामीको मृत्यु भएको छ । सिन्धुली कमला नदीले बगाएका तीर्थयात्रीमध्ये थप एक जनाको शव मङ्गलबार हत्पते-९को गिजयानीमा फेला परेको छ रौतहटको बकैया नदीमा सोमबार साँझ डुङ्गा डुब्दा बेपत्ता एक महिला अझै फेला परेकी छैनन् । दार्चुलाको धुलिगडा गाविसस्थित ठाडोखोलाको बाढीले बगाएका धुलीगाडा- ३ का पूर्णसिंह धामी अझै बेपत्ता छन् । गुल्मीको हस्तिचौर-३, उजुङमा सिङ्गो बस्ती नै खतरामा परेको छ । खतरामा परेका परिवारलाई अद्धार गरी अन्यत्र सारिएको छ । सुर्खेतको लाटिकोइली गाविसको झुप्राखोला बगरमा रहेका २४ छाप्रालाई बाढीले बगाइदिएको छ । जुम्लाको पटमारा गाविसको रिनी गाउँमा सन्चालित ९ किलोवाट क्षमताको विद्युत गृहमा क्षति पुर्याएको छ । क्षति पुगेपछि विद्युत उत्पान बन्द भएको छ । धनगढीको कैलालीमा एक सय परिवार विस्थापित भएका छन् । संखुवासभाको ताम्कु-९ सिकिदिममा पहिरोमा परी बेवत्तामध्ये थप एकको शव मङ्गलबार भेटिएको छ । तीन जनाको शव सोमबार भेटिएको थियो । १९ जनाको उद्धार गर्न सकिएको छैन । नेपाली सेना, प्रहरी तथा स्थानीयबासीको सहयोगमा वेपत्ताको खोजी र पहिरोको जोखिममा परेकाहरुको उद्धार कार्य जारी छ । धेरै जनत घबार बिहिन भएका छन ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्