Sunday, July 19, 2009

अन्दोलनरत करमचारी काममा फर्कने

आन्दोलनरत कर्मचारीहरु सरकारले ब्रिद्धि गरेको तलव चित्त बुझ्दो नभए पनि मुलुकको अवस्थालाई हेरेर काममा फर्कन सहमत भएका छन् । विभिन्न कर्मचारी संघ-संगठनको विहान बसेको बैठकले अहिलेलाई आन्दोलन फिर्ता लिइ काममा फर्कने निर्णय गरेको हो ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष धुर्व लामिछानेले मुलुकको संक्रमणकालिन अवस्था र जनताप्रतिको थप जिम्मेवारी बोधको कारण आन्दोलन छोडि काममा फर्कने निर्णय गरेको बताउनुभयो । यद्यपी सरकारको निर्णयप्रति भने असहमति जारी रहेको लामिछानेले बताउनुभयो । त्यसैगरि राष्ट्रिय स्वतन्त्र कर्मचारी केन्द्रका अध्यक्ष क्रिष्णप्रसाद भण्डारीले जनताको भावनालाई बुझेर आन्दोलन फिर्ता लिएको बताउनुभयो । केन्द्रको विहान बसेको कार्य समितिको बैठकले माग सम्बोधन नभएकोमा आपत्ति जनाउदै आगामि दिनमा माग पुरा गर्न सरकारसंग समझदारी र सहकार्यका साथ अघि बढ्ने निर्णय गरेको हो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्