१ साउन, काठमाडौं । सरकारले नीजामति कर्मचारीको तलब बढाउने निर्णय गरेको छ । सरकारले बजेट मार्फत् तलब नबढाएको बिरोधमा कर्मचारीहरु आन्दोलित भएको बेला आज विहान बसेको मन्त्रिपरिषद बैठकले तलब सुविधा बढाउने निर्णय गरेको हो । तलब बृद्धिको दर भने कर्मचारीहरुसँग आपसी छलफल गरी टुङ्ग्याउने सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शङ्कर पोख्रेलले जानकारी दिनुभयो । तलब बृद्धिको माग गर्दै आन्दोलनरत कर्मचारी र सरकारबीच अहिले अर्थमन्त्रालयमा बार्ता हुँदैछ । मन्त्रिपरिषद बैठकले मध्य तथा सुदूरपश्चिमका पहाडि जिल्लामा फैलिएको झाडापखाला नियन्त्रणमा प्रभाबकारी उपाए अपनाउने पनि निर्णय गरेको प्रबक्ता पोख्रेलले जानकारी दिनुभयो । कर्मचारीहरुको ३० बर्षे सेवा अबधिबारे भने आज अपरान्ह पुनः बस्ने मन्त्रिपरिषद बैठकमा छलफल गर्ने उहाँले जानकारी दिनुभयो । बैठक कार्यबाहक प्रधानमन्त्री बिजयकुमार गच्छदारको अध्यक्षतामा बसेको हो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्