२१ साउन, काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा । पुरोहितद्वारा आआफ्ना नाडीमा रक्षाबन्धन बाँध्न लगाई मुलुकभरका हिन्दू धर्मावलम्बीहरुले रक्षाबन्धन पर्व मनाउँदै छन् । रक्षाबन्धन बाँध्दा दैत्यराज बलीको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र बाचन गरिन्छ । यस दिन तागाधारीहरुले मन्त्र साधना गरिएको नयाँ जनै लगाउने हुँदा जनैपूर्णिमा पनि भनिन्छ ।
यस पर्वमा सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने भएकाले यस पर्वलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । यस पर्वमा मास, भटमास, मुग, ठूलो केराउ, सानो केराउ, चना, सिमी, बोडी र गुराँस नौं प्रकारका गेडागुडी मिसाइ पकाएको क्वाँटी खाने प्रचलन छ । नेवार समुदायमा भने यसलाई ‘गुन्हु पुन्ही’ भनिन्छ ।
काठमाडौं उपत्यकामा किसानहरु आआफ्ना खेतमा गएर भ्यागुताहरुलाई पूजा गरेर भात खुवाउने भएकोले यस दिनलाई ‘व्याँ जाः नकेगु’ (भ्यागुतालाई भात खुवाउने दिन) पनि भनिन्छ । यसदिन तराई क्षेत्र दिदीबहिनीले दाजुभाईलाई राखी बाँधीदिने चलन छ । आज रसुवाको गोसाईंकुण्ड र गोसाईंकुण्डबाटै पानी आएको जनविश्वास रहेको ललितपुरको कुम्भेश्वर तथा पशुपतिमा विहानैदेखि

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्