दिपेन्द्र थापा, काठमाडौ, जलवायु परिवर्तनसम्बन्धी सार्क राष्ट्रका युवाहरुको सम्मेलन आजदेखि सुरु हुदैछ । काभ्रेको धुलिखेलमा सुरु हुने सम्मेलन ४ दिनसम्म चल्ने छ । दक्षिण एसियाली मुलुकका युवाहरुको सहभागितामा हुन लागेको यो सम्मेलन पहिलो पटक हुन लागेको हो । सम्मेलनमा ८ वटा राष्ट्रका करिव १ सय युवा सहभागि हुने आयोजकले जानकारी दिएको छ । सम्मेलनले सार्कका युवाहरुको तर्फबाट जलवायु परिवर्तनका सम्बन्धमा साझा घोषणापत्र जारी गरिनेछ । त्यस्तै घोषणापत्र कार्यान्वयनका लागि युवाहरुको संजाल पनि गठन गरिने भएको छ । सम्मेलनले तयार गर्ने घोषणापत्रलाई सबै राष्ट्रहरुको सरकार प्रमुखहरुलाई बुझाइने छ । सम्मेलनको आयोजना वातावरण मन्त्रालयको सहकार्यमा यस क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा गरेका हुन् ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्