Sunday, April 11, 2010

भक्तपुरको प्रसिद्व विस्केट जात्रा सुरु

भक्तपुरको प्रसिद्व साँस्कृतिक एवम् ऐतिहासीक महत्वको जात्रा विस्केट जात्रा काल भैरवको रथ तानेर सुरु गरिएको छ । काठैकाठले प्यागोडा शैलीमा बनाइएको तिन तले भैरवनाथको रथमा भैरवनाथको मुल देवता र बेताल देवतालाई राखेर पासाले मन्दिर प्राङणबाट माथिल्लो र तल्लो क्षेत्रमा लैजाने परम्परा छ । जात्रा अन्तर्गत आज निल बाराहिको मन्दिरमा कुखुराको बलि दिएर पुजा गरिन्छ ।
नयाँ वर्षको चार दिन अघि देखी सुरु हुने विस्केट जात्रा ८ रात र ९ दिन सम्म मनाइन्छ । लिच्छिविहरुले किरातीं सासकहरुलाई किरातीं सासकहरुलाई बिजयी उत्सबको रुपमा विस्केट जात्रा मनाउन थालिएको जानकारहरु बताउछन् । साथै जात्रा अवधीभर विषेश सुरक्षा अपनाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्