Thursday, April 15, 2010

नेपाल बिबित सस्क्रितिले भरिएको छं । सबैको आफ्नै सस्कृति भेष भूषा छन । त्यस्तैमाँ भक्तपुरको मध्यपुरस्थित बोडेमा मनाइने प्रसिद्व जिव्रो छेड्ने जात्रा सम्पन्न भएको छ । जात्रामा मध्यपुर ठिमिका जुजुभाई वागेश श्रेष्ठले दोस्रो पटक जिव्रो छेड्नुभएको हो । जिब्रो छेडिसकेपछि ३ वटा बत्तिको भएको अर्ध चन्द्रकार महादिप बोकी नाइखि बाजागाजाका साथ नगरको विभिन्न स्थानको परिक्रमा गरी महालक्ष्मि स्थानमा अवस्थीत गणेश देवताको सामुन्नेमा जिब्रो छेडिएको सुइ निकालिने छ ।
त्यस्तै बालकुमारीमा सिन्दुर जात्रा पनि मनाइएको छ । गएको वर्ष जिव्रो छेड्ने व्यक्तिलाई गाविसले नगद १५ हजार रुपैँया प्रदान गरेको थियो । तर त्यो रकम पुजा गर्न समेत अपुग भएको भन्दै स्थानिय बासिन्दाले थप रकम मागेपछी यसबर्षदेखी १८ हजार रुपैँया प्रदान गरेको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्