विद्यार्थी रिहाइको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको अखिल क्रान्तिकारीले आज कास्की बन्दको आह्वान गरेको छ । लोकतन्त्र दिवसका अवसरमा एमालेले भोली पोखरामा गर्न लागेको वृहत् जनसभा विथोल्न क्रान्तिकारीले आज कास्की र भोली तम्बुवान क्षेत्रका पुरै ८ जिल्ला बन्दको घोषणा गरेको हो । क्रान्तिकारीले एमालेले आयोजना गर्ने कार्यक्रम विथोल्ने यसअघि नै चेतावनी दिइसकेको थियो । यद्यपी बन्दका बाबुजुद एमालेले अहिले केहिवेरमा मोटरसाइकल र्याली निकाल्ने तयारी गरेको छ । र्यालीका क्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी पोखरामा सुरक्षाको व्यवस्था कडा पारिएको छ । भोली हुने आमसभामा प्रधानमन्त्रि माधवकुमार नेपाल, एमाले अध्यक्ष झलनाथ खनाल लगायत वरिष्ठ नेताहरु सहभागि हुनुहुने कार्यक्रम रहेको छ । बन्दका कारण आज पोखरा, लेखनाथ लगायत मुख्य-मुख्य सहरहरुको जनजीवन प्रभावित बनेको छ । यातायात, कलकारखाना, शिक्षणसंस्था, बजार सबै ठप्प रहेका छन् ।
गत पुष ४ गते पृथ्विनारायण क्याम्पसको छात्रवासमा अखिल क्रान्तिकारी र वाइसियलको एक समुहले आफ्ना संगठनका ३ विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै अनेरास्ववियुले ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा कास्कि प्रहरीलाइ किटानी जाहेरी दिएकोमा प्रहरीले गत बैशाख २ गते क्रान्तिकारीका अध्यक्ष दिनेश पौडेललाई पक्राउ गरेको थियो । प्रहरीले घटनमा संलग्न भनिएका अखिल क्रान्तिकारीका पुर्व इकाइ अध्यक्ष गोविन्द केसि, किरण सापकोटा, विनोद लामिछाने र नेत्र चापागाइ माथी वारेन्ट जारी गर्न खोजतलास जारी राखेको छ । क्रान्तिकारीले पक्राउ परेका विद्यार्थी रिहाइ मात्रै नभै आफ्ना ५ विद्यार्थी विरुद्ध दायर मुद्दा फिर्ता लिनुपर्ने समेत माग राखेको छ । यो के अचम्मा आफ्नै गल्ती छं अक्नी आफै बन्दको अहन यो कस्तो अराकता हो । यसको सिको गर्छ अर्को दिन अर्काले बंद गर्छ कटी दिन जनता बन्द्को मार म पर्ने
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्