काठमाडौ, जेष्ठ २५ - राजधानीको बसुन्धारास्थित इशान नर्सिङ होम अघि मंगलबार विहान सवा सात बजे निजी कारमा बम विष्फोट भएको छ । तर उक्त निजी कारमा विष्फोट नभइ आगलागी भएको प्रहरीको दावी छ । महाराजगंज प्रहरी बृतका डिएसपी दिपक थापाले उक्त कारमा आगलागी भएको दावी गरे । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए । प्रहरीले आगजनीको दावी गरेपनि विष्फोटको आवाजले छेउछाउका घरका शिशाहरु फुटेका छन् । आगजनीबाट कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । दमकलले कारको आगो निभाएको थियो ।
कार पार्क गरी चालक र कारमा सवार केही व्यक्ति बाहिर निस्केको पाँच मिनेटमै विष्फोट भएको स्थानीयबासीले बताएका छन् । विहान सवा ७ बजे महाराजगन्जस्थित इशान नर्सिङ होम अगाडी रोकिराखेको बा ७ च ५५३९ नम्बरको कारमा बिष्फोट भएको हो । बिष्फोटपछि कारमा आगलागी भएको थियो । विष्फोटले वरपरका घरका झ्यालका सिसा फुटेका छन् । कारमा २०/२० लिटरका दुई वटा ग्यालिनमा इन्धनसमेत रहेकोले बढी क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चालक दीपक विश्वकर्मासहित आशंकित चार जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ । विष्फोटको खबर सुनेलगत्तै घटनास्थल पुगेका काठमाडौं रानीबन घर भएका कार धनी राम अधिकारीले विश्वकर्मालाई डेढ महिना अघि चालकको रुपमा नियुक्त गरेको बताउनु भएको छ । घटनास्थल नजिक भेटिएको एउटा सकेट बम नेपाली सेनाको टोलिले सुरक्षित निष्कृय पारेको छ ।
‘विष्फोटको जिम्मा स्वतन्त्र नेपाल दल’ले लियो
स्वतन्त्र नेपाल दलले विष्फोटको जिम्मा लिएको छ । सन्चारमाध्यममा प्रेषित विज्ञप्तिमा संविधानसभाको म्याद थपेको विरोधमा विष्फोट गराइएको उल्लेख छ ।
भ्याली कमाण्ड प्रमुख प्रहारको नेतृत्वको स्पेशल टिमले ‘सकेट बम प्लान्टेशन’को परीक्षण सफलतापूर्वक सम्पन्न गरेको विज्ञप्तिमा उल्लेख छ । परीक्षणका क्रममा पुगेको केही भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गरिएको

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्