झापा, श्रावण २४ - एमाले नेता प्रदीप ज्ञवालीले केही दिनभित्र बस्ने एमाले केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीका विषयमा निर्णय लिने बताएका छन् । उनले पाँचौ चरणको मतदानमा कांग्रेसलाई सहयोग गर्न सकिने सङ्केत समेत गरे । उनले भने, 'माओवादीलाई कुनै पनि हालतमा सहयोग गर्न सकिादैन, एमाले 'डेमोक्रेटिक्स एलाइन्स' बाट अलग बस्न सक्दैन ।' एमालेले तटस्थ बसेर बहुमतको असफल सरकार बन्न रोकेको उल्लेख गर्दै उनले अब छिट्टै पार्टी ठोस निर्णयमा पुग्ने बताए । राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीका दाबेदार दुवैजनाले उम्मेदवारी फिर्ता लिएर अर्को विकल्प अगाडि सार्न सकिने सुझाव पनि उनले दिए । उनले माओवादी निःशस्त्र नभएसम्म राष्ट्रिय सहमति निर्माण हुन नसक्ने पनि बताए । प्रेस चौतारी झापाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादीकै कारण अहिलेको असहज परिस्थिति आएको उल्लेख गरे । उनले विगतको सरकारमा कांग्रेस र माओवादी सामेल नहुँदा देशले शान्ति र संविधान पाउन नसकेको बताए ।
प्रधानमन्त्रीको निर्वाचनमा एमाले तटस्थ बसेर राष्ट्रिय सहमतिको पहल गरेको जिकीर गर्दै नेता ज्ञवालीले एमालेले मुलुकलाई अप्ठयारोबाट जोगाउन प्रयत्न गरिरहेको बताए । 'चार शक्ति एक ठाउँमा नभएसम्म शान्ति र संविधान सम्भव छैन'- उनले भने 'माओवादी, कांगे्रस, एमाले र मधेसवादी दलहरु एक हुन जरुरी छ । त्यसबाट नै देशको असहज परिस्थितिको अन्त्य हुन्छ ।' चौथो चरणको निर्वाचनले पनि प्रधानमन्त्री चयन गर्न नसक्दा देशमा राजनीतिक अस्थिरता छाएको बताउँदै ज्ञवालीले भने, 'अहिले दलहरुका बीचमा विश्वासको अवस्था कमजोर भएको छ, तत्काल प्रधानमन्त्री चयन नभए गणतन्त्तप्रति नै प्रश्नचिन्ह उब्जन सक्छ ।'
नेता ज्ञवाली मेची अञ्चलस्तरीय अनेरास्ववियुको इलाममा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिएर झापा आएका हुन् ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्