काठमाडौ, आश्विन २४ - सुर्खेतबाट सामान बोकेर उडेको मकालु एअरको कार्गो विमान आइतबार बिहान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । विमान ल्याण्ड गर्ने बेला ब्रेक फेल भएर भएको दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । विमानमा चालक दलका दुई जना सदस्य मात्र थिए । सिमिकोट विमानस्थल प्रमुख टेकबहादुर पातलीका अनुसार विहान ७ बजेर ५ मिनेटमा ल्याण्ड गर्ने बेलामा विमानको ब्रेक फेल भएर दुर्घटना भएको हो ।
चालकको कुशलताले ठूलो क्षति हुनबाट जोगिएको हो,'उनले भने-'प्राविधिक गडबडीले भएको दुर्घटनालाई चालक दलको अधिकतम प्रयासले न्युन क्षति भएको छ । माथिल्लो पाखामा ठोक्किएको भए धेरै नोक्सान हुनसक्थ्यो ।' विमानको पछाडिको एउटा चक्का विमानस्थलको नालीमा गएको उनले बताए । रन वे को पश्चिम कुनाबाट टर्न गर्ने क्रममा विमानको लेफ्ट ब्रेक फेल भएर जहाज दाहिने आएर एउटा चक्का नालीमा खंसेको प्रमुख पातलीले जानकारी दिए । दुर्घटनाबाट जहाजको अघिल्लो भागमा क्षति पुगेको छ । सर्खेतबाट १ हजार २ सय ९० किलो सामान बोकेर उक्त विमान सिमिकोटलाई उडेको थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्