१९ असोज, जनकपुर , अनेरास्ववियुको २० औं राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि मङ्गलबार निर्बाचन हुँदैछ । मतदान विहान सात बजेदेखि सुरु गर्ने भनिएपनि आन्तरिक विवाद र प्राविधिक तयारीको कारण केही ढिलाई भएको छ । मतदानस्थल जनकपुर चुरोट कारखाना परिसरमा मतदानको लागि बुथको व्यवस्था भइरहेको राष्ट्रिय सम्मेलन प्रचार विभाग प्रमुख एवम् सचिब पदकी प्रत्यासी रचना खड्काले जानकारी दिनुभयो ।
मतदानस्थलको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । आरक्षण कोटासहित २ सय १ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि दुई हजार ८ जना प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन् । अध्यक्ष पदमा सोभियत ढकाल र माधब ढुङ्गेलले प्यानलसहित उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय सम्मेलन प्रचार विभाग सदस्य मोहन बास्तोलाका अनुसार माधब ढुङ्गेल पक्षबाट उपाध्यक्षमा पवित्रा महतो, खुशीलाल लाल थारु, नबराज पौडेल, पदम गिरी र भीम राईले उम्मेदवारी दिएका छन् । महासचिबमा किशोर बिक्रम मल्ल, सचिबमा रचना खड्का, सरोज यादव र बचनबहादुर सिंह तथा कोषाध्यक्षमा रमेश आचार्यले उम्मेदवारी दिएका छन् । मतदान सकिएपछि मतपेटिकालाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याएर गणना गरिने निर्बाचन समितिले जनाएको छ । सोभियत ढकाल पक्षाबाट चुनाब प्रचारको क्रममा ढुंगेल पक्ष माथी भनभन हुदा सामान्य झड़प भएको थियो .
‘शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मौलिक अधिकार, राष्ट्रिय एकता, दिगो शान्ति र नयाँ संविधान आर्थिक विकासको आधार,’ भन्ने मूल नाराका साथ जनकपुरमा गएको १५ गतेदेखि अनेरास्ववियुको २० औं राष्ट्रिय सम्मेलन सुरु भएको थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्