भोजपुर पालुवा गाँउकी नौ वर्षिया वालिका एचआईभी वाट संक्रामीत छिन । उनलाई आफ्नै आमावाट एचआईभी सरेको हो । उनि गर्भमा रहेको बेला उनकी आमालाई एचआईभी भएको हुँदा आमावाट उनमा एचआइभस् सरेको हो । एचआईभी कै कारण उनका आमा बाबु र भाईको ज्यान गई सकेको छ ।
उनको परिवार एचआईभी कै कारण सबैको निधन भए पछि उनि हाल ठुलो वावु संग बस्दै आएकी छन् । ठुलो बुवाको घरमा उनि सुत्ने र बस्ने खाने ठाँउ छुट्टै छ । उनको परिवारमा कोही नभए पछि ठुलो बुवाले उनलाई आफ्नो घरमा आस्रय दिएको कुरा बताए । तर अन्जान वालिका अन्जनालाई आफुलाई के भएको भन्ने समेत थाहा छैन । उनि स्थानिय प्राबिमा १ कक्षामा पढ्दै छिन । उनका वावु भारतको मुम्बैमा सात वर्ष बसेर आउदा एचआईभी पनि सगै ल्याएका रहेछन् । एचआईभी भएपछि घर आउदा श्रीमतीलाई पनि एचआइभी सारेका हुन । त्यस पछि जन्मिएका अन्जना र उनको भाईलाई समेत एचआईभी सरेको हो भाईको मृत्यु भई सक्यो भने अन्जना एकजना मात्र उक्त पारिवारमा वाकि छिन । उनका ठुलोवुवाले सहयोग गर्ने कोही भए यि वालिकाको वायु लम्ब्यउन सकिन्थो कि भन्ने आसा राखेका छन् ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्