Tuesday, January 4, 2011

जनबिद्रोहको कार्य दिसा यस्तो छं

पुस २१ काठमाण्डौं, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत परिमार्जित प्रस्ताव मंगलबार केन्द्रीय सदस्यहरुलाई बाँडिएको छ। नागरिकलाई प्राप्त १७ पृष्ठको प्रतिवेदनमा पालुङटार विस्तारित बैठकमा पेश गरेका पुरानै विषयहरुलाई धेरै दोहोर्‍याइएको छ। विस्तारित बैठकमा पेश गरिएको दाहालको 'पार्टी कार्यदिशा बारे' ९ पृष्ठ विश्लेषणलाई वैद्यले छोटाएर एक पृष्ठमा झारेका छन्।
दस्तावेजको पृष्ठ ८ मा पार्टीको कार्यदिशा बारे भनिएको छ- 'नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न संगठन र संघर्षका विविधरुपहरु अपनाउनु पर्दछ। तर, जनसेना र जनयुद्ध यसका प्रमुख रूप हुन्छन। आजको विश्व परिस्थिति र नेपाली जन क्रान्तिको विकासक्रमको अध्ययन समेतका आधारमा हाम्रो पार्टीले जनयुद्धको स्वरुप आधारभूत रुपमा दीर्घकालिन हुन्छ भन्ने मान्यता राख्दै त्यसमा आम विद्रोहका कार्यनीतिहरु समायोजन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।'
आगामी कार्ययोजना बारे शिर्षकको वैचारिक-राजनीतिक पक्ष बारे प्रस्तावमा भनिएको छ- 'जनताको संघीय गणतन्त्रका लागि जनविद्रोह, स्वाधिनताको आन्दोलन र राष्ट्रिय गतिरोधसम्मको आवश्यकता र महत्वलाई केन्द्रविन्दुमा राखेर सैद्धान्तिक, राजनैतिक, पशिक्षण, स्कूलिङ्ग, प्रकाशन तथा प्रचार-प्रसारका कामलाई ठोस योजना बनाई प्रभावकारी रूपले सञ्चालन गर्ने। यस सम्बन्धि पहिलो चरणको कामलाई केन्द्रीय समितिले ठोस र मूर्त रुपमा परिभाषित गरि आगामी पुस महिनासम्म पुरा गर्ने। चार तयारी र चार आधार निर्माणको कामलाई प्रभावकारी तुल्याउन सिंगो पार्टीमा नयाँ रक्त संचार गर्नु यो चरणको वैचारिक-राजनैतिक कामको मुख्य लक्ष्य हुनेछ।'
साभार ; नागरिक न्यूज 

1 comment:

  1. hi all nepali friend or nepali daju bhai , i like nepali halkhabar

    pls
    this is about nepal tourism blog pls revies my blog- http://itsnepal.blogspot.com

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्