पुस २६ काठमाडौं, नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको सम्मेलनबाट एमालेमा नेता केपी ओलीपक्षीय निर्मल कुइँकेल अध्यक्षमा निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका लालबहादुर तामाङलाई फराकिलो मत अन्तरले हराए ।
शुक्रबार सुरु एमालेको पाँचौ काठमाडौं जिल्ला अधिवेशनमा कुइँकेलले ३१५ मत पाएका थिए भने तामाङले १६७ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा पनि ओली पक्षकै कृष्ण राईले २६८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिद्वन्द्वी नारायण सिलवालले २०८ मत प्राप्त गरे । सचिवमा विद्यासुन्दर शाक्यले २८५ मत प्राप्त गरी विजयी भए भने प्रतिद्वन्द्वी सागर नेपालले १९४ मत प्राप्त गरे । यसैगरी उपसचिव पदमा सरिता न्यौपाने २८३ मत ल्याई विजयी भइन् भने प्रतिद्वन्द्वी सुरेन्द्र मानन्धरले १९४ मत प्राप्त गरे । सम्मेलनमा करिव ५ सय प्रतिनिधि सहभागी थिए ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्