Monday, January 17, 2011

माओबाधिको प्रशिक्षण स्थगित

माघ ४ काठमान्डौ, विवाद बढेपछि माओवादीले जारी राखेको राजनीतिक प्रशिक्षण कार्यक्रम केहि समयको लागी भनेए हाल्लाई  स्थगित गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकले उक्त निर्णय लिएको छ । पोखरामा तमुवान र मगरात राज्य समितिको प्रशिक्षण कार्यक्रम तय भएको थियो ।
नेवाः र ताम्सालिङ राज्य समितिको सोमबार भृकुटीमण्डपमा सुरु प्रशिक्षणमा उपाध्यक्ष बाबुराम भट्टराईलाई फरक मत राख्न नदिइएपछि विवाद बढेको हो । भट्टराईले प्रशिक्षण कार्यक्रम बहिष्कार गरेका थिए । विवाद मिलाउन स्थायी समितिको बैठक बसेको थियो । विवाद बारे थप छलफल गरी सामाधान निकाल्न बुधबार पोलिट ब्यूरोको तथा बिहीबार केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता दीनानाथ शर्माले बताए । सरकारले भारतबाट नेपाली सेनाका लागि हतियार ल्याउन लागेकोप्रति माओवादीले अपत्ति जनाएको छ । अनमिनको बर्हिगमनसंगै हतियार ल्याउने तयारी गरिनु शान्ति सम्झौता विपरीत रहेको शर्माले बताए

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्