माघ ९ , काठमाडौं , रकम लेनदेन' तनावमा प्रहरी नायब उपरीक्षक कञ्चन थापाले शनिबार कन्चटमा पेस्तोलले गोली हानी आत्महत्या गरेका छन्। प्रहरी प्रधान कार्यालय कार्यदलमा कार्यरत थापा बसुन्धरास्थित एक घरको बरन्डामा गोली लागेर घाइते अवस्थामा भेटिएका हुन्। धुम्बाराहीको ओरेन्टियल अपार्टमेन्टमा परिवारका साथ बस्दै आएका उनलाई शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। अस्पताल पुगेका थापाका आफन्तले हत्या भएको दाबी गरे पनि घटनास्थलको अवस्था र बरामद सुसाइड नोटका आधारमा अनुसन्धानमा खटिएको प्रहरीले आत्महत्या भएको ठहर गरेको हो।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख दीपक थापाले 'प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको' देखिएको बताए। उनले भने, 'घटनास्थलको प्रकृति र अहिलेसम्मको अनुसन्धानबाट आत्महत्या गरेको देखिएको छ।'
प्रहरीले घटनास्थलबाट सुसाइड नोट, नौ राउन्ड गोलीसहितको पेस्तोल र सञ्चारसेट बरामद गरेको छ। घटना भएको घरको भान्सामा फेला परेको सुसाइड नोटमा 'एक व्यक्तिले आफ्नो ५० लाख रकम फिर्ता नदिएपछि घरमा पनि तनाव बढेको तथा साथीहरूसँग पनि विवाद बढेकाले आत्महत्या गरेको' लेखिएको छ। प्रहरीले सुसाइड नोट उनको हो या होइन भन्ने परीक्षणपछि मात्र यकिन हुने जनाएको छ। शनिबार सवा ६ बजे बसुन्धरा क्षेत्रमा गोली चलेको जानकारी आएपछि नजिकै रहेको महाराजगन्ज वृत्तको सिआरभी टोली घटनास्थल दौडिएको थियो। प्रत्यक्षदर्शीका अनुसार प्रहरी टोली घटनास्थलमा पुग्दा स्थानीयबासीले रगतमय बनेका थापालाई दोस्रो तलाबाट ओरालेर आँगनमा ल्याइसकेका थिए।
प्रहरीले तत्कालै उनलाई भ्यानमा हालेर शिक्षण अस्पताल महाराजगन्ज पुर्याएको थियो। आकस्मिक कक्षमा पुर्याइएका थापाको परीक्षणलगत्तै अस्पतालका चिकित्सकले मृत्यु घोषणा गरे। प्रहरीले मृतकबारे अनुसन्धान गर्दामात्र उनी बहालवाला डिएसपी रहेको खुलेको थियो।
प्रत्यक्षदर्शीका अनुसार घटनास्थलको घरको दोस्रो तलाको बरन्डामा उनले आफैंलाई गोली हानेका थिए। प्रहरीले पेस्तोल र वाकिटकी रगतमा डुबेको फेला पारेको थियो। नजिकै काल्सबर्ग बियरको बोतल फेला परेको थियो। प्रहरीस्रोतका अनुसार थापाले शनिबारै कार्यालयबाट सुरक्षाका लागी भन्दै जर्मन पेस्तोल लिएका थिए। उनले सोही पेस्तोल प्रयोग गरेर आत्महत्या गरेका थिए। ओरेन्टियल अपार्टमेन्टमा बस्दै आएका थापाले केही समयअगाडि घर बिक्री गरेर श्रीमती र छोरासहित सोही कोलोनीमा भाडामा बस्दै आएका थिए। उनले आत्महत्या गरेको फ्ल्याट पूजा अधिकारीको हो। सो फ्ल्याटमा पूजा र श्वेता अधिकारी बस्दै आएका छन्। प्रहरीस्रोतका अनुसार फ्ल्याटमा थापासहित फूर्बा लामासमेत आउनेजाने गर्थे।
स्रोतका अनुसार लामो समयदेखि डिएसपी थापा अधिकारीको फ्ल्याटमा जानेआउने गरेको खुले पनि पूजासँग उनको सम्बन्ध खुल्न सकेको छैन। घटना हुँदा पूजा थापासँगै रहेको खुलेपछि प्रहरीले तीनैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। महाराजगन्ज वृत्तको हिरासतमा रहेकी पूजाले डिएसपी थापा १२ बजेतिर आफ्नो फ्ल्याटमा आएको बयान दिएकी छन्।

उनले कौसीमा बसेर थापासँगै बियर पिएको बयान दिँदै भनेकी छन्, 'फुर्बा र श्वेता बाहिर गएका थिए, म भित्र कोठामा छिरेको बेला गोली चलेको आवाज आयो।' थापा ढलिरहेको देखेपछि चिच्याएर स्थानीय बोलाएर उनलाई अस्पताल लैजाने प्रयास गरिरहेको बेला प्रहरी आइपुगेको उनले बयानमा भनेकी छन्। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार थापाले अपार्टमेन्ट बिक्रीबाट आएको रकममध्ये ५० लाख अधिकारीमार्फत लगानी गरेको र सो रकमका विषयमा अधिकारीसँग विवाद बढेको थियो। २२ वर्षीय पूजा र ४१ वर्षीय थापाबीच लामो समयदेखि सम्बन्ध रहेको भन्दै स्रोतले भन्यो, 'दुवैबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको देखियो।' थापाका समकक्षीका अनुसार प्रहरीमा राम्रो ठाउँमा पोस्टिङ नपाएकोमा पनि उनी तनावमा थिए। काठमाडौं प्रहरी परिसरमा कार्यरत रहँदा मानवअधिका उल्लंघन गरेको आरोप लागेपछि उनलाई राष्ट्रसंघीय मिसनमा जान वञ्चित गरिएको थियो।
साभार : नागरिक न्यूज
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्