वीरगन्ज, अषाढ १६ - मालवाहक ट्रक चलाएर प्रवेश गरेका चालक त्रिपाल सिंहले बुधबार दिउँसो २ बजे इनर्वा प्रहरी चौकीमा १ सय ५० भारु दिन खोज्दा प्रहरीको हप्की खाए । चौकीअगाडि सडक छेउमै रहेको भारतीय मालवाहक ट्रकबाट असुलिएको रकम राख्ने प्लास्टिकको बाल्टिन पनि यो दिन देखिएन । यसअघि रकम नलिई गाडी अघि बढाउनै नदिने प्रहरीले अहिले आफैंले दिन खोज्दा पनि लिन नमानेको देखेर आफू छक्क परेको एक दशकदेखि भारतबाट मालवाहक ट्रक चलाउँदै आएका सिंहले बताए । 'यो त अचम्म भयो,' उनले भने ।
प्रहरी उपरीक्षक (एसपी) रमेश खरेलले पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको एक साता नबित्दै यहाँ प्रहरीबाट भइरहेको अवैध असुली बन्द भएको हो । ढुवानी व्यवसायीका अनुसार भारतबाट प्रवेश गर्ने प्रत्येक मालवाहक ट्रकले ट्राफिकलगायत जिल्लाका विभिन्न प्रहरी पोस्टमा करिब २ हजार रुपैयाँ बुझाउनु पथ्र्यो । इनर्वा, रजत जयन्ती चोक, बसपार्क र गण्डक प्रहरी चौकी रकम असुलीका प्रमुख विन्दु थिए । भारतबाट भित्रिने मालवाहक ट्रकबाट यहाँ दैनिक करिब २० लाख रुपैयाँ अवैध असुली हुने गरेको थियो । तर अवैध असुली गर्नेलाई नछाड्ने खरेलको चेतावनीपछि सहरमा खुलेआम प्रहरीले गर्ने यस्तो कार्य थामिएको छ । 'अपराध नियन्त्रणमा शून्य सहनशीलता,' खरेलले भने, 'यसका लागि भ्रष्टाचारमुक्त प्रहरी ।'
प्रहरी प्रधान कार्यालयले पर्सा सरुवा गर्दा खरेल तालिमका क्रममा इटलीमा थिए । उनले कार्यक्षेत्रमा जम्मा चार दिन काम गरेका छन् । तर उनी सरुवा भएको खबरले नै सहरमा अनुशासनहीनहरू डराएको एमाले जिल्ला सदस्य अरविन्द सिंहको अनुभव छ ।

पर्सा प्रहरीले गत महिना बरामद गरेको चोरीको बोलेरो गाडी खरेलले भन्नासाथ हेटौंडास्थित डीआईजी कार्यालयबाट तत्काल फिर्ता आएको छ । 'बरामद गरेको गाडी निजी काममा प्रयोग गरेको जानकारी पाउनासाथ उनले डीआईजीलाई गाडी फिर्ता पठाइदिन भने,' एक प्रहरी अधिकृतले भने, 'दुई घन्टाभित्र फिर्ता भयो ।'
गत साता तस्कर समूहले बैठक गरी हालका लागि तस्करी बन्द गर्ने निर्णय गरेको सम्बद्धस्रोतले जनाएको छ । भन्सार राजस्व छली यस क्षेत्रबाट दैनिक करिब ५० लाख रुपैयाँको चोरी पैठारी हुने गरेको थियो । सहरको ट्राफिक अव्यवस्थित भए जवाफदेही हुनुपर्ने निर्देशन पाएपछि जिल्ला ट्राफिक प्रहरी प्रमुख आफैं गाडीमा साइरन बजाउँदै खट्न थालेका छन् । 'ट्राफिक प्रहरीको गाडीमा साइरन हुन्छ भन्ने बल्ल थाहा पाइयो,' रानीघाटका मनीष साहले भने ।
saabhaar : ekaantipur
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्