Wednesday, July 6, 2011

परिवारको सामूहिक हत्या

३ असार, गाइघाट, उदयपुरको डालागाउँ गाविस-५ मा गएराति एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ । प्रहरीका अनुसार स्थानीय खेरबाहुर मगर र उनकी श्रीमतीसहित चार जनाको एक समूहले हत्या गरेको हो । मतृकहरु सबैको परिचय खुलिनसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गएराति खाना खाएर सुत्न लागेका बेला ५-७ जनाको संख्यामा आएका हतियारधारीले मगर परिवारलाई एक एक गरी मारेको पीडितका छिमकीले बताएका छन् । घटना हुँदा घर बाहिर रहेका खेरबहादुरका एक छोरा र नातिनी तथा दुई छोरीको भने ज्यान बाँचेको छ । प्रहरीले घटनामा संलग्नको पहिचानका लागि छानविन सुरु गरिसकिएको जनाएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्