Sunday, September 25, 2011

बुद्ध एयरको विमान दुर्घट्ना, चालक दल सहित सबै यात्रुको मृत्यु

बुद्ध एयरको विमान दुर्घटनामा परेको
काठमाडौ, आश्विन ८ - माउण्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको एउटा विमान आइतवार बिहान ललितपुरको पहाडी क्षेत्रमा दुर्घटनामा परेको छ । उक्त १९०० डी बीचक्राफ्ट विमानमा सवार चालक दलका तीन सहित १९ जनाको मृत्यु भएको छ ।
१८ जनाको शव घट्नास्थलमा भेटिएको उद्दारमा खटिएकाले जनाकएको छ भने घाइते अवस्थामा उद्दार गरी उपचारको लागि पठाएका एक जनाको समेत बाटोमै मृत्यु भएपछि विमानमा रहेका सबैको मृत्यु भएको हो । घाइते अवस्थामा भेटिएका निराजन कर्मचार्यलई जीवितै उद्दार गरी अस्पताल पठाएक थियो ।
बिहान बाक्लो हुस्सु लागेको बेला उक्त विमान ललितपुरको बिशंखुनारायण र लामाटार गाविसको सीमानामा पर्ने कोटडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
'बिहान बाक्लो हुस्सु परेको थियो, सुरुमा जहाजको आवाज सुन्यौं, त्यसपछि ठूलो आवाज आयो' उद्दारमा खटिएका स्थानीय केशव थापाले ईकान्तिपुरसंग भने, 'गनाउन थालेपछि जहाज दुर्घट्ना भएको अनुमान लगाएर हामीले खोजविन गर्ने र प्रहरीलाई खवर गर्ने काम गरेका हौं ।' थापाले विहान सवा सात बजेतिर उक्त आवाज सुनिएको पनि उल्लेख गरे ।
 घट्नास्थल कोटगाउँमा रहेका हाम्रा संवाददाता कृष्ण ज्ञवाली
 का अनुसनर बिहान बाक्लो हुस्सु लागेको बेला कम उचाई उडेका कारण दुर्घट्ना भएको हुन सक्ने स्थानीयले अनुमान गरेपछि दुर्घट्नाको प्राविधिक जानकारी प्राप्त भएको छैन । कोटडाँडास्थित स्थानीय हरि थापाका अनुसार सुरुमा विमानको पखेटाले उनको घरको भित्तामा छोयो, अनि बिमानको अगाडीको भाग घर पछाडीको भीत्तामा जोतिएको देखिन्छ ।
विमानले लागेर एउटा लप्सीको रुख पनि ढलेको छ । कम उचाइबाट खसेकाले मारिएकाहरुको शव सग्लै रहेको छ । विमान भने टुक्राटुक्रा भएको छ । उद्दारको लागि नेपाली सेनाको हेलिकप्टर आएपनि अवतरण हुन नसकेपछि फर्केको छ । स्थानीयबासी र प्रहरी उद्दारमा खटिएका छन् ।
विमानमा चालकदलका सदस्यहरुमा क्याप्टेन जीवी तम्राकार, सहचालक पद्मा अधिकारी र विमान परिचारिका अस्मिता श्रेष्ठ थिए । विमानका यात्रु मध्ये १० जना भारतीय नागरिक, दुईजना अमेरिकन, एकजना जापनीज ३ जना तेस्रो मुलुको र ३ जना नेपाली रहेका छन् । 
मृत्युहुनेहरुको नामावली:
चालक दलका सदस्यहरु:
जीवी तम्राकार– क्याप्टेन
पी अधिकारी– सहचालक
अस्मिता श्रेष्ठ– बिमान परिचारिका
यात्रुहरु:
निरन्जन कर्मचार्य– नेपाल (उपचारका लागि ल्याउँदै गर्दा मृत्यु)
शारदा कर्मचार्य– नेपाल
जगजन कर्माचार्य– नेपाल
पंकज मेहता– भारत
छाया मेहता– भारत
एच डी नागराज– भारत
एल नागराज– भारत
आई नागराज– भारत
एस नागराज– भारत
डी. तालोसुब्रियम– भारत
डीपी तालोसुब्रियम– भारत
नागराजा तालोसुब्रियम– भारत
पी तालो सुब्रियम– भारत 
तेस्रो मुलुकका नागरिकहरु: (राष्ट्रियता नखुलेको)
एन्ड्रे वेइड
मिस नाताली नेइलन
तोशिनोरी क्वेज्म

साभार : कान्तिपुर 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्