Wednesday, February 18, 2009

नेकपा एमालेको आठौँ महाधिवेशनमा बन्द सत्र शुरु भएको छ । सञ्चारकर्मीलाई पनि प्रवेश दिइएको आजको बन्द सत्रमा महासचिव झलनाथ खनालको राजनीतिक प्रतिवेदन तथा पुरक प्रस्तावहरु प्रस्तुत हुनेछन् । प्रतिवेदनमा केन्द्रीय तहका नेताबाट ४ वटा फरक प्रस्ताव परेका छन् । प्रतिवेदन पेश भएपछि प्रतिनिधीहरुको छुट्टाछुट्टै समूह बनाएर बिषयगत छलफल हुनेछ । बन्दसत्रलाई सम्बोधन गर्दै महासचिव झलनाथ खनालले केन्द्रीय कमिटी तथा केन्द्रीय कमिटीले मनोनित गरेका सबै संरचनाहरु भंग भएको घोषणा गर्नुभयो । यस्तै महाधिवेशनका लागि बिभिन्न समितिहरु गठन भएका छन् । महाधिवेशनका लागि अध्यक्ष मण्डल, स्टेरिङ कमिटी, बहस नोट कमिटी र निर्वाचन कमिटी गठन गरिएको छ । यसैबीच पार्टर्ीीे नेतृत्व र्सवसम्मत बनाउन मध्यमार्गी नेताहरुले पहल गरिरहेका छन् । भरतमोहन अधिकारी लगायतका नेताहरुले गएराति अध्यक्ष पदका दावेदार मानिएका झलनाथ खनाल, माधवकुमार नेपाल र केपी ओलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए । तीनै जना नेताले नेतृत्व र्सवसम्मत हुनुपर्नेमा जोड दिएपनि कार्यकर्ताले चाहे आफुले पनि उम्मेदवारी दिने प्रतिक्रिया दिएका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्