Monday, March 2, 2009


चुम्बन आत्मीयताको गहिराइ
भनिन्छ, 'चुम्बन प्रकृतिले रचेको सुन्दर जुक्ति हो, आपसी संवाद निरर्थक हुँदा त्यसलाई पन्छाउन चुम्बन गरिन्छ ।' पछिल्ला खोजअनुसन्धानबाट के पत्ता लागेको छ भने आपसी प्रेम प्रकट गर्न गरिने चुम्बनले एकअर्कासँग नजिकिन चाहने दुई प्रेमीको प्रेममा गहिराइ ल्याउने मात्र नभई इन्द्रियालाई मिश्रति संकेतहरू पनि पुर्‍याउँछ ।
अमेरिकाका एक अनुसन्धाता वैज्ञानिकले खोजबाट के पाए भने, चुम्बनका वेला जोडिएका ओठहरूले इन्द्रियालाई सक्रियता अथवा रफ्तार त दिन्छन् नै, साथसाथै यिनले हाम्रो जोडीसँग दीर्घकालीन सम्बन्ध उपयुक्त होला कि नहोला भन्ने कुराको तीक्ष्ण संकेत पनि दिन्छन् । वैज्ञानिकहरूले सिकागोमा आयोजित एउटा सम्मेलनमा भने, 'पुरुषको र्‍यालमा रहेका रसायन उसको प्रजनन् क्षमता तथा स्वास्थ्यसम्बन्धी संकेत हुन् । सायद, यही कारणले अक्सर पहिलो चुम्बन आखिरी चुम्बन पनि हुने गर्दछ ।'
अमेरिकन एसोसिएसन फर द एड्भान्समेन्ट अफ साइन्सको वाषिर्क सम्मेलनमा रुटगर्स विश्वविद्यालयका हेलन फिसरले भने, 'चुम्बन एउटा शक्तिशाली क्रिया हो, त्यसैले यो संसारमा जहाँ पनि प्रचलित छ,' उनले भने, 'संसारभरिका लगभग ९० प्रतिशत मानिसले आफ्नो प्रेम अभिव्यक्त गर्न चुमंको पर्योग गर्छन ।' चुम्बन गर्नु भनेको येकापसको सम्बन्ध वा आत्मीयताको गहिराइ थाहा पाउने एउटा तरिका हो । चुम्बन गर्ने वेलामा हामीले एकअर्कालाई छुनुको अलावा महसुस पनि गर्न सक्छौँ । चुम्बन-प्रक्रियाका वेला हाम्रो दिमागको एउटा ठूलो हिस्सा जग्मगाउँछ ।
फिसरले भने, 'चुम्बन वास्तवमा आपसी प्रेम कत्तिको छ भनेर थाहा पाउने तरिका हो, जुन सकारात्मक अथवा नकारात्मक पनि हुन सक्छ ।' एक अध्ययनअनुसार, ६६ प्रतिशत महिला र ५९ प्रतिशत पुरुषले पहिलो चुम्बनबाटै सम्बन्ध तोडिदिएका थिए । उनीहरूका लागि त्यो चुम्बन 'किस अफ डेथ'बराबर सावित भयो ।

1 comment:

आफ्नो प्रतिक्रिया दिनुहोस्