Sunday, March 22, 2009

एमाले नेतामाथि वाइसिएल आक्रमण
वाइसिएलले एमाले नेतामाथि आक्रमण गरी सख्त घाइते बनाएको छ । आक्रमणबाट एमाले लेखासमितिका पूर्वसदस्य एवं पूर्वसांसद गोपाल गुरागाइर्ं, कोसी अञ्चल कमिटी सदस्य धर्मराज पौडेल, जिल्ला कमिटी सचिव टीकाराम चेम्जोङ र सदस्य राजेन्द्र राई सख्त घाइते भएका छन् ।एमाले नेताहरूलाई धनकुटाको बीचबजारमा वाइसिएलले आक्रमण गरेको प्रहरीले बताएको छ । सो आक्रमणमा एमाले नेता बोकेको बा१ज ४५७ नम्बरको क्षेत्रीय प्रशासन कार्यालयको गाडीसमेत तोडफोड भएको छ । घाइते एमाले नेता गुरागाईंको धनकुटामा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । एमाले नेताहरूलाई वाइसिएलले रड, लाठी, बियरका बोटल र ढुंगाले आक्रमण गरेका प्रत्यक्षदर्शीले बताए । घटनामा संलग्न अखिल क्रान्तिकारी धनकुटा बहुमुखी क्याम्पस स्ववियु सभापति उम्मेदवार हेमचन्द्र राई र कार्यकर्ता हरि भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको हो । दुवैजनाको प्रहरी नियन्त्रणमै जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।यता धनकुटा बजारमा लाठी र रड बोकेर हिँडिरहेका युथफोर्स र अनेरास्ववियुका कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गर्दा युथफोर्सका गुप्तराज तुम्बासहित तीनजना घाइते भएका छन् । यसैबीच, एमालेले शनिबार बेलुका पत्रकार सम्मेलन गरी क्षेत्रीय प्रशासन कार्यालयमा वार्ताका लागि बोलाएर नियतवश एमाले नेतामाथि आक्रमण गर्न लगाइएको भन्दै प्रमुख जिल्ला अधिकारी रामुप्रसाद उपाध्याय र प्रहरी नायव उपरीक्षक गणेशबहादुर ऐरलाई निलम्बनको माग गरेको छ ।धनकुटमा कर्फ्युयसैबीच, वाइसिएल र युथफोर्सबीच भिडन्तको खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले धनकुटामा कर्फ्यु जारी गरेको छ । बेलुका ७ बजेदेखि पूर्वमा बिहीबारे हटिया, पश्चिममा धनकुटा नगरपालिकाको ढाट, उत्तरमा स्कुलडाँडा र दक्षिणमा श्रीवानी बजार क्षेत्रभित्र अनिश्चितकालका लागि कफ्र्यु जारी गरिएको प्रशासनले जनाएको छ । सुरक्षालाई ध्यानमा राखी धनकुटा बजारमा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्