क्याम्पस तनावग्रस्तस्ववियु
चुनावको पूर्वसन्ध्यामा बुधबार केही क्याम्पसमा विद्यार्थी समूहबीच झडप भएका छन् । प्रदर्शनीमार्गस्थित रत्नराज्य, नेपाल ल, वाल्मीकि, पद्मकन्यालगायतका क्याम्पसमा भएका झडपमा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन् । झडपकै कारण रत्नराज्य क्याम्पसको चुनाव स्थगित भएको छ । नेपाल ल क्याम्पसमा पनि चुनाव अनिश्चित भएको विद्यार्थी नेताले बताएका छन् ।त्यसैगरी, पद्मकन्या क्याम्पसमा पनि नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको छ ।मंगलबार राति १२ बजेदेखि कुनै पनि विद्यार्थी संगठनले प्रचारप्रसारका काम गर्न नपाउने भएपछि खुलेआम धेरै उम्मेदवार दिनभर प्रचारप्रसारमा लागे । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु आचारसंहिताविपरीत खुलेआम प्रचारप्रसारमा लागेका थिए ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्